Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा सभा गर्ने

- shuvadmin / बुधबार, फागुन २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पतन भइसकेको राजतन्त्रलाई पुनःस्थापित गर्ने प्रयत्न भएको भन्दै समाजवादी मोर्चाले सशक्त प्रतिवाद गर्न अपिल गरेको छ ।

मंगलवार बसेको मोर्चाको बैठकले गणतन्त्रका विरुद्ध गम्भीर षड्यन्त्र भएको भन्दै सशक्त प्रतिवाद गर्न हजारौं नागरिकलाई सडकमा उतारिने जनाएको छ ।

जसअनुसार आगामी चैत्र १५ गते काठमाडौंमा विशाल सभा गरिने भएको छ ।

मोर्चाले अहिले देशको पछिल्लो विकसित राजनीतिक परिस्थितिबारे गम्भीर विश्लेषण गरी वस्तुतगत निष्कर्ष निकालेको छ ।

यो स्थितिलाई ट्याकल गर्न केही कार्यक्रम र योजना तय गरेका छौं ।

२५ गतेसम्म आउँदा आठौं आश्चर्य घटाउने कुचेष्टाजस्तो गरियो । ०४६, ०५२, २०६२/६३ मा अधिकार, व्यवस्था, मुक्ति, देशको स्वाधीनता, बलिदानी र गणतन्त्रको विरुद्ध गम्भीर षड्यन्त्र शुरू भयो’ – बैठकपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने ।

यसै गरी मोर्चाले चैत १ गते बिहान बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने, सोही दिन दिउँसो पत्रकार सम्मेलन गर्ने र चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगमनको खिलापमा, हजारौं जनताको सहभागितामा विरोध प्रदर्शन र विरोध सभा गर्ने निर्णय गरेको पनि विश्वकर्माले जानकारी दिए ।

मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपासहितका दल सहभागी छन् ।

Page Views: 63
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama