Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रदेशसभामा प्रधानमन्त्री, प्रदेशलाई सङ्घको भरोसा

- shuvadmin / शनिबार, चैत ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सङ्घात्मक ढाँचा र तीन तहका सरकारमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने अभ्यास आरम्भ भएको एक दशक भएको छ ।

तर, प्रशासनिक पुनर्संरचनाको काम अझै पूरा नहुँदा सङ्घीयता कार्यान्वयनबारे सङ्घीय सरकारप्रति प्रश्न उठिरहेको अवस्थामा प्रधानमन्त्री केपी ओलीले पहिलो पटक प्रदेश सभाहरूमै पुगेर गरेको सम्बोधनले प्रदेशलाई उत्साही बनाएको छ ।

सातै प्रदेशमा भइरहेको काम, समस्या र समाधानका उपायको खोजीमा प्रधानमन्त्री ओली आफैँ जुटेका छन् ।

उनले कोशी प्रदेश सभा, लुम्बिनी प्रदेश सभा, कर्णाली प्रदेश सभा र सुदूरपश्चिम प्रदेश सभालाई प्रत्यक्ष सम्बोधन गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीले प्रदेशलाई अधिकारसम्पन्न बनाउने र सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीलाई समाधान गर्न सङ्घीय सरकारका तर्फबाट पूर्ण रूपमा सहयोग गर्ने प्रस्ट पारेका छन् ।

उनको अग्रसरतासँगै प्रदेश सरकारहरू संवैधानिक व्यवस्था अनुसार काम गर्न पाउनेमा विश्वस्त छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह न्छन्, “प्रदेश सरकार सञ्चालनमा अहिले पनि अप्ठ्यारो छ ।

तर, स्वाभाविक रूपमा प्रधानमन्त्री आफैँ प्रदेश सभामा उपस्थित भई केही निर्देशनका साथै आफ्ना विचार राखे । यो कार्य सराहनीय हो । अत्यन्तै राम्रो हो । हामी उत्साहित छौँ ।”

मुख्यमन्त्री शाहले प्रधानमन्त्रीको तहबाट प्रदेश सभालाई सम्बोधन गर्ने र प्रदेश सरकारलाई दिशानिर्देश गर्ने कार्य नियमित हुनुपर्ने बताए ।

उनले प्रधानमन्त्री प्रत्यक्ष रूपमा उपस्थित हुँदा प्रदेशका विषयमा जानकारी लिने वातावरण पनि बन्ने बताए ।

उनले भने , “सङ्घीयता सबलीकरण र सुधारका साथै सङ्घीयतालाई अझै बलियो बनाउने सन्दर्भमा प्रदेश सरकार र विभिन्न निकायले पटक पटक सङ्घीय सरकारको ध्यानाकर्षण गराएकै छ ।

सातै मुख्यमन्त्रीका तर्फबाट सामूहिक रूपमा प्रधानमन्त्रीलाई समस्याबारे जानकारी दिइएकै छ ।

तर, प्रधानमन्त्री ओलीको पछिल्लो सक्रियताले प्रदेशका कामकारबाही थप सहज हुने विश्वास छ ।”

परिणाममा देखिनु पर्छ : देवकोटा

सङ्घीयताविज्ञ खिमलाल देवकोटाले प्रधानमन्त्री ओलीले प्रदेश सभामा गर्नुभएको सम्बोधनलाई सकारात्मक रूपमा हेर्नुपर्ने बताए ।

उनले प्रदेश सभाको सम्बोधन अझै अन्तर्क्रियात्मक हुनुपर्ने बताए । उनले भने , “प्रधानमन्त्री प्रदेश सभामा जानु र प्रदेशसभाका सदस्यको कुरा सुन्नु सकारात्मक हो ।

केहीअघि मुख्यमन्त्रीहरूबाट सन्दुक र बन्दुकको कुरा उठेको छ । प्रधानमन्त्रीले सङ्घीयता कार्यान्वयनका लागि अग्रसरता लिनु पर्छ र प्रदेशलाई बलियो बनाउने सन्दर्भमा काम गर्नु पर्छ ।”

देवकोटा भने , “प्रदेशका समस्याको गाँठो फुकाउनु पर्छ । परिणाम चाहियो । सङ्घीयताको अवधारणा तयार गर्दैगर्दा अधिकारसम्पन्न गराउने, प्रहरी दिनेसहित प्रदेश बलियो बनाउने कुरा आएका छन् । यी सबै विषय एकैमुस्ट सम्बोधन हुनु पर्छ ।”

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पनि सङ्घीयता बलियो बनाउने, अधिकार प्रत्यायोजन गर्ने सन्दर्भमा सबैको प्रतिवद्धता आवश्यक पर्ने बताए ।

उनले प्रदेश सरकारहरूबिच विश्वस्त वातावरण बन्नुपर्ने बताए । उनले प्रमुख राजनीतिक दलको नेतृत्वले सङ्घीयता र प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउने सन्दर्भमा अलग अलग विचार राखे पनि समाधान खोज्न ढिलाइ गर्न नहुने बताए ।

उनले भने , “यो समग्र प्रक्रियालाई साझा धारणामार्फत यथाशीघ्र सम्पन्न गर्नु पर्छ । सङ्घीय सरकारका सबै निकाय प्रतिबद्ध हुनु पर्छ ।”

प्रधानमन्त्रीको पहल सकारात्मक

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मा र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री ओलीले प्रदेश सभामा उपस्थित भएरै त्यहाँका समस्या सम्बोधनका लागि गरेको पहललाई सकारात्मक भने ।

नेता विश्वकर्माले भने , “सरकार निर्माणका क्रममा भएको सातबुँदे सहमतिमै संविधान कार्यान्वयन, आवश्यकता अनुसार संशोधन र सङ्घीयतालाई थप सुदृढीकरण गर्दै लैजाने भनिएको छ ।

सङ्घ र प्रदेशबिच रहेका मतमतान्तरलाई कम गर्ने र प्रदेश सरकारलाई बलियो बनाउने सवालमै यो सहमति भएको हो । प्रधानमन्त्रीले पनि त्यही पहल थालेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले सकारात्मक सोचका साथ अघि बढ्दा त्यसले परिणाम दिने बताए ।

उनले भने , “प्रधानमन्त्रीले मधेश प्रदेश आउँछु भन्नुभएको छ । प्रधानमन्त्री आफैँ आएर समस्याको पहिचान गर्ने र त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा संवाद गर्नुहुँदै छ ।

ती विषय बुझ्दै हुनुहुन्छ । यो कार्यले प्रदेशका समस्या सम्बोधन गर्न सहज हुन्छ ।”

Page Views: 78
संबन्धित शिर्षकहरु
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
ताजा अपडेट
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama