Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संसद्मा रघुजीले राजाहरूको काण्ड सुनाएपछि ज्ञानबहादुर शाहीको विरोध

- shuvadmin / आइतबार, चैत ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, एमाले संसद् रघुजी पन्तले संसद्को विशेष समयमा राजाहरूको काण्ड सुनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले उठेर विरोध जनाएका छन् ।

आफ्नै वंशको बहादुर शाहलाई मारेको, रणबहादुर शाहले उपद्रो मच्चाएको, राजेन्द्र विक्रम शाहको पालामा कोतपर्व गरेको घटना उनले सुनाएका थिए ।

यस्तै, त्रैलोक्य विक्रमलाई युवराज छँदा विष खुवाइएको उनले उल्लेख गरे । यस्तै उनले राजा त्रिभुवनले दिल्लीको क्लबमा रसरङ्ग मच्चाएपछि नेहरुले विरोध गरेकोसमेत उल्लेख गरे । यसपछि ज्ञानबहादुर शाहीले विरोध जनाएका हुन् ।

पन्तले बोलिरहँदा शाहीले संसद्मा जे पायो त्यही बोल्न पाइन्छ भनेर प्रश्न गरेका थिए ।

त्यसको प्रत्युत्तरमा पन्तले भने, ‘जुम्लामा हाहाहाहु गरेर आएको जस्तो होइन । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने,’ उनले भने ।

राजाको सेवामा तल्लीनहरूलाई गणतन्त्रमा जनताका छोराछोरी राष्ट्रपति बनेको कुरा नपचेको उनले उल्लेख गरे ।

सांसद्वयबीच नोकझोक भएपछि अभिव्यक्ति दिँदा सत्य, तथ्य र तर्कमा बोल्न सांसदको ध्यानाकर्षण गराएका छन् ।

कसैलाई अरूले राखेको तर्कमा विमति भएमा विधिवत् ढंगबाट खण्डन गर्न ध्यानाकर्षण गराएका छन् ।

Page Views: 70
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama