Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, चैत २९, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

घरजग्गाको सिजनमै आएन उत्साह, राजस्व बढे पनि घट्यो कारोबार

- shuvadmin / आइतबार, चैत ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, फागुन महिनामा घरजग्गा कारोबार घटे पनि राजस्व बढेको छ।

फागुनमा करिब ५ हजार लिखित पारित घटे पनि बढी मूल्यका जग्गा खरिदबिक्री हुँदा राजस्व बढेको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा १३४ वटा मालपोत कार्यालयबाट ४६ हजार ६१ वटा लिखत पारित भएका छन् भने ५३ वटा अपार्टमेन्ट खरिदबिक्री भएका छन्।

गत आर्थिक वर्ष फागुनमा ५० हजार ९९८ लिखत पारित हुँदा २९ वटा अपार्टमेन्ट खरिदबिक्री भएका थिए।

फागुन महिनामा राजस्व संकलन ४अर्ब १२ करोड रुपैयाँ संकलन भएको छ। गत आर्थिक वर्षको फागुन महिनामा ३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ।

सरकारले जग्गाको मूल्यांकन बढी भएका ठाउँको जग्गा खरिदबिक्री हुँदा राजस्वमा केही सुधार भएको भूमि विभागका अधिकारी बताउँछन्।

सामान्यतया मंसिरदेखि चैतसम्म घरजग्गाको बढी कारोबार हुने गरेको व्यवसायी बताउँछन्। पछिल्ला ३ महिनाको तथ्यांक हेर्दा केही बढे पनि उत्साहजनक देखिँदैन।

माघ महिनामा ४६ हजार ६९ वटा कारोबार भएका थिए। २९ वटा अपार्टमेन्ट लिखत पारित भएका थिए।

पुस महिनामा ४८ हजार १५६ लिखत पारित भएका थिए। मंसिरमा ४३ हजार ३७९ लिखत पारित भएका छन्।

कात्तिकमा ३३ हजार ५१४ लिखत पारित भएका छन्। असोजमा ३० हजार ५२७ लिखत पारित भए।

भदौमा ३२ हजार ७९८ लिखत पारित भएका छन्। साउनमा ४३ हजार ८३५ लिखत पारित भएका छन्।

Page Views: 22
संबन्धित शिर्षकहरु
हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
गृहमन्त्री गुरुङ चितवन पुगे
विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
ताजा अपडेट
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन
  • राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ
  • सरकारले कर छुट दिँदा पनि किन बढ्यो इन्धनको मूल्य ?
  • नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक
  • फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama