Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सत्र आङ्गिक क्याम्पसमा बिथोलियो स्ववियु चुनाव

- shuvadmin / सोमबार, चैत ०३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, विद्यार्थी सङ्गठनको आपसी द्वन्द्वका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका १७ वटा आङ्गिक क्याम्पसमा तोकिएको मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नहुने भएको छ ।

त्रिवि अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा चैत ५ गते मङ्गलबार स्ववियु निर्वाचन गर्ने तालिका सार्वजनिक भएको छ ।

त्रिविको देशभर ६२ आङ्गिक तथा एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् । तर, विद्यार्थी द्वन्द्वका कारण उपत्यकाभित्र आठ र उपत्यकाबाहिर नौ गरी १७ आङ्गिक क्याम्पसको प्रक्रिया बिथोलिएको त्रिविले जनाएको छ ।

त्रिविका अनुसार उपत्यकाका विश्वविद्यालय क्याम्पस कीर्तिपुर, पद्मकन्या क्याम्पस बागबजार, पब्लिक युथ क्याम्पस धोबिचौर, शङ्करदेव क्याम्पस बागबजार, विश्वभाषा क्याम्पस प्रदर्शनी मार्ग, नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, त्रिचन्द्र क्याम्पस घण्टाघर र सरस्वती क्याम्पस ठमेलमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

यीमध्ये नेपाल ल र विश्वभाषा क्याम्पसमा अखिल क्रान्तिकारी तथा अन्य क्याम्पसमा नेविसङ्घले तालाबन्दी गरेको त्रिविले जनाएको छ ।

त्यस्तै उपत्यकाबाहिरका सिद्धनाथ क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, तेह्रथुम क्याम्पस, रारा बहुमुखी क्याम्पस, महेन्द्र मोरङ क्याम्पस र वीरेन्द्र बहुमुखी क्याम्पसमा पनि निर्वाचन बिथोलिएको छ ।

विवाद उत्पन्न भएकामध्ये धेरै जसो क्याम्पसमा कांग्रेसनिकट नेविसङ्घभित्रको आन्तरिक विवाद मुख्य देखिएको छ ।

केही क्याम्पसमा अन्य विद्यार्थी सङ्गठनबिचको विवादले पनि निर्वाचन प्रक्रिया रोकिएको छ ।

कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइरालाको गुटका कारण निर्वाचन बिथोलिएको हो । निर्वाचन बिथोलिएकामध्ये अधिकांश क्याम्पसमा तालाबन्दी छ ।

यी क्याम्पसमा असन्तुष्ट विद्यार्थी सङ्गठनबिच संवाद भइरहेको त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताए ।

उनका अनुसार यी क्याम्पसमा ५ गते निर्वाचन हुन नसके पनि अर्को एकरदुई दिनमा निर्वाचन गर्ने गरी छलफल भइरहेको छ ।

दुई वर्षअघि सम्पन्न भएको निर्वाचनमा त्रिवि अन्तर्गत ६२ आङ्गिक क्याम्पसमध्ये उपत्यकाका छ र उपत्यकाबाहिरका छ गरी १२ वटामा मनोनयनसमेत हुन सकेको थिएन् ।

निर्वाचन निर्देशिका अनुसार प्रक्रिया बिथोलिएका सबै क्याम्पसमा चैत २० गतेभित्र निर्वाचन गरिसक्नुपर्ने जनाएको छ ।

किनभने पहिलो पटक तोकिएको मितिबाट १५ दिनमा निर्वाचन गर्नैपर्ने निर्देशिकाले स्पष्ट पारेको छ ।

Page Views: 47
संबन्धित शिर्षकहरु
काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
देशका विभिन्न राजमार्गहरू अवरुद्ध
फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama