Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

खल्तीबाट आउने योजनालाई रोक, १८ हजार आयोजनामा काटछाँट गरिँदै

- shuvadmin / मङ्गलबार, चैत ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मन्त्री र नेताको खल्तीका तथा पहुँचवालाहरूबाट आउने खुत्रे योजनाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा स्थान नपाउने भएका छन् ।

राष्ट्रिय आयोजना बैंक मापदण्ड–२०८१ कार्यान्वयनमा आउने भएसँगै खुत्रे योजना संघ सरकारको बजेटमा स्वतः नपर्ने भएका हुन् ।

राष्ट्रिय योजना आयोगले राष्ट्रिय आयोजना बैंक मापदण्ड–२०८१ मा ३ करोड रुपियाँभन्दा कम लागतका आयोजनालाई संघ सरकारले बजेट विनियोजन नगर्ने नीति अवलम्बन गरेको छ ।

आयोगले आयोजना बैंकमा समावेश नगरेका आयोजनालाई सरकारले बजेट विनियोजन नगर्ने र आयोजना बैंकमा ३ करोड रुपियाँभन्दा कम लागतका आयोजनालाई इन्ट्री नगर्ने योजना आयोगले जनाएको छ ।

आयोजना बैंकमा आयोजना राख्नका निम्ति १ अर्बभन्दा कम र १ अर्बभन्दा बढी लागतका दुई भागमा छुट्टाइएको छ ।

१ अर्बभन्दा कम लागतका आयोजनालाई सम्बन्धित क्षेत्रले हेर्ने आयोगको सदस्यले स्वीकृत गरेपछि प्रविधिक रूपमा अध्ययन गरी प्रविष्ट हुनेछ ।

त्यस्तै, १ अर्बभन्दा बढी लागतका आयोजनाको अध्ययन गरी डीपीआर तयार गरिसकेपछि मात्रै आयोजना बैंकमा सूचीकृत हुनेछ  ।

आयोजना बैंकमा रहेका आयोजनामध्ये स्रोतको उपलब्धताका आधारमा आयोजना छनोट र बजेट प्रस्ताव हुनेछ ।

चालू प्रकृतिका वा सालबसाली कार्यान्वयन हुने आयोजनामा भने सो लागू हुने छैन् ।

आयोजना बैंकमा सूचीकृत आयोजना ५ वर्षसम्म पनि कार्यान्वयन हुन नसके त्यस्ता आयोजना स्वतः निस्क्रिय हुनेछन् ।

यस्ता आयोजनालाई आयोगले बैंकको सूचीबाट हटाउनेछ । साथै त्यस्ता आयोजनाको तीन–तीन महिनामा अद्यावधिक गर्नुपर्नेछ ।

आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन हुने नयाँ आयोजना २०८१ चैत मसान्तभित्र प्रणालीमा प्रविष्ट गरिसक्नु पर्नेछ ।

त्यस्तै, मापदण्ड जारी हुनुअघि कार्यान्वयनमा आइसकेका तर समयमै सम्पन्न हुन नसकेका समस्याग्रस्त आयोजनाको सूची तयार गरी सम्बन्धित मन्त्रालय वा निकायले पुनः मूल्यांकन गर्नुपर्नेछ ।

हाल संघ सरकारसँग १८ हजारभन्दा बढी पूर्वाधारसम्बन्धी आयोजना छन् । तर, कार्यान्वयन गर्न समस्या भएका, स्रोतको सुनिश्चितता नभएपछि अर्थ मन्त्रालयले त्यस्ता आयोजना हटाउँदैै गएको छ ।

त्यस्तै, चालू आर्थिक वर्षमा १ लाख रुपियाँ लागतका आयोजनामा पनि संघ सरकारले बजेट विनियोजन गरेको छ ।

त्यस्ता आयोजनाको औचित्यसमेत नरहेको विज्ञहरू बताउँछन् । टुक्रे योजनाहरू हट्दा ठूला र दीर्घकालीन प्रभाव पार्ने परियोजनाहरू प्राथमिकतामा पर्ने विज्ञहरूको भनाइ छ ।

त्यस्तै, संघीय सरकारको ध्यान ठूला रणनीतिक परियोजनामा केन्द्रित हुनेछ । संघ सरकारले बजेटको बाँडफाँटलाई मितव्ययी र प्रभावकारी बनाउन सक्छ ।

एउटै आयोजनामा तीन तहका सरकारले अलग–अलग बजेट छुट्याउनुको सट्टा योजना प्राथमिकताकृत गर्न मद्दत पुग्नेछ ।

संघीय सरकार रणनीतिक आयोजना, प्रदेश सरकार मध्यम आकारका क्षेत्रीय पूर्वाधार तथा अन्तर–प्रदेश आयोजनामा केन्द्रित हुनेछ भने स्थानीय तहले आफ्नै क्षेत्रभित्रका प्राथमिकतामा आधारित साना आयोजना कार्यान्वयन गर्नेछन् ।

यसैबीच उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा ११ हजार योजना थपिएकै कारण ती योजनाहरूको सुनिश्चितता गर्न गाह्रो भएको उल्लेख गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै मन्त्री पौडेलले राजस्वले खर्च धान्न धौधौ भएका कारण चालू आर्थिक वर्षको विनियोजनमा अनिवार्य दायित्वका शीर्षकमा समेत न्यून बजेट विनियोजन गरिएको बताउनुभयो ।

त्यस्तै, उहाँले अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताए ।

आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी छलफलमा तीन पक्षको समन्वयमा बजेट आउँदा बजेटप्रति अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने बताएका हुन ।

छलफल र परामर्श गरी बजेट आउँदा बुझाइमा एकरुपता हुने र देखा परेका चुनौती तथा समस्याहरूलाई समाधान गरेर अघि बढ्न सकिने अर्थमन्त्रीको भनाइ छ ।

उनले नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय हुनुपर्नेमा जोड दिए ।

Page Views: 56
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama