Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौंमा २५ करोड रुपैयाँसहित पक्राउ परेका भरिया सार्वजनिक

- shuvadmin / मङ्गलबार, चैत ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ लामा रहेको खुलेको छ ।

काठमाडौंको झोर क्षेत्रबाट पक्राउ परेका उनको साथबाट डलर र युरो लगायत मुद्रा बरामद भएको प्रहरीले जनाएको छ ।

अमेरिकी डलर र युरोसहित ना.७ ख १६५२ नम्बरको सोनी ट्रान्सपोर्ट लेखिएको मालवाहक ट्रकको चालक ‘फुच्चे’ भनिने लामालाई पक्राउ गरिएको थियो ।

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-१ बस्ने ४३ वर्षका उनलाई हिजो राती ११ बजे काठमाडौंको टोखा नगरपालिका-२ झोरबाट अवैध युरो तथा डलर रसुवागढी नाका हुँदै छिमेकी राष्ट्र चीन लगिँदै छ भन्ने सूचनाका आधारमा पक्राउ गरिएको थियो ।

मालवाहक ट्रकमा शङ्का लागि रोकी थप अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याई खानतलासी गर्दा उक्त ट्रकको ‘वोनोट’ अर्थात् ड्राइभर बस्ने कोठा (क्याबिनको बायाँ तर्फको) माथिल्लो भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको विदेशी मुद्राहरू फेला परेको हो ।

कुसाङ लामा चालक भई भरियाको रूपमा काम गरिरहेको भन्ने प्रारम्भिक बयानबाट बुझिन आएको प्रहरीले जनाएको छ । उनीबाट करिब २५ करोड रुपैयाँ बरामद गरिएको जनाइएको छ ।

बरामद भएको रकम अमेरिकी डलर १०० दरका नोटहरू जम्मा थान ३,११९ (तिन हजार एक सय उन्नाइस) र ५० दरका नोटहरू जम्मा थान १७९ रहेको छ भने युरो ५०० दरका थान ११, २०० दरका थान ४८०, १०० दरका थान ४१४८ र ५० दरका थान १७१७७ रहेको छ ।

यसको साथै, नारायणी प्रदेश–७ ख १६५२ को मालवाहक ट्रक गाडी एउटा र मोबाइल दुई वटा पनि जफत गरिएको छ ।

उनले अवैध तरिकाबाट भन्सार तथा राजस्व छली अवैध विदेशी मुद्राको कारोबार गरेको हुँदा निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा हदैसम्मको कारबाही तथा थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाइने प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

उनी २०७३ साल पुस १३ गते राजस्व छली सुन चोरी पैठारी मुद्दामा सात केजी सुन सहित पक्राउ परि राजस्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरबाट मुद्दा चलाइएको खुल्न आएको छ ।

रासस

Page Views: 35
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama