Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, चैत ३०, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पहुँचको नभई पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु: प्रहरी महानिरीक्षक थापा

- shuvadmin / मङ्गलबार, चैत ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आइजिपीे दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

मङ्गलवार बिहान गृह मन्त्रालयमा एक समारोहका बिच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो ।

नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औँ आइजिपी बनेका हुन् । दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने बताए ।

अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहाना र विकल्प बिना अघि बढाउने प्रतिबद्धता जनाए ।

देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा अमन चयन र कानूनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने बताए ।

कार्यक्रममा बोल्दै गृह सचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकको शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यका लागि काम गर्न आग्रह गरे ।

उनले आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक, इमानदारिताका साथ पूरा गर्ने विश्वास व्यक्त गरे ।

उनले शान्ति सुरक्षा र सुव्यवस्थाको विषय देखिने विषय मात्रै नभई अनुभूत गर्ने विषय भएकाले आम नागरिकले अनुभूति गर्ने गरी शान्ति सुव्यवस्था कायम गर्नु सबैको कर्तव्य भएको बताए ।

आम नागरिकका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताए । उनले सरकारप्रति नकारात्मक धारणा आइरहेको अवस्थामा सुरक्षा चुनौती पनि थपिरहेको बताए ।

सडक दुर्घटना न्यूनीकरण, लागूपदार्थ दुर्व्यसनका घटना न्यूनीकरण गर्न,साइबर अपराधका घटनाहरूको न्यूनीकरण जरुरी रहेको जनाए ।

Page Views: 19
संबन्धित शिर्षकहरु
दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
ताजा अपडेट
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama