Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेसमा क्रियाशील सदस्यता नवीकरण शुल्क २०० रुपैयाँभन्दा बढी लिन नपाउने

- shuvadmin / बुधबार, चैत ०५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दा तोकिएको शुल्क भन्दा बढी लिन नपाउने निर्णय गरिएको छ ।

सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गर्दा दुई सय रुपैयाँ भन्दा बढी लिन नपाउने निर्णय गरेको हो ।

विगतमा नवीकरणको क्रममा कतिपय स्थानमा नियमावलीमा तोकिएको रकम भन्दा बढी लिने गरिएको थियो ।

पार्टीले तोकेको शुल्क अनुसार प्रत्येक वर्ष नवीकरण गर्दा बुझाउनुपर्ने रकम दुई सय रुपैयाँ हो ।

पार्टीका संरचनाहरूले भवन बनाउने नाममा, पार्टीलाई सहयोग वापत लगायत विभिन्न शीर्षकमा शुल्क बढी लिने समेत गरेका थिए ।

महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले कांग्रेसबाट पालिकामा जितेका जनप्रतिनिधिको लेबी रकम घटाउने निर्णय गरेको छ ।

कांग्रेसले पालिका अध्यक्षरउपाध्यक्ष, नगरका प्रमुख र उपप्रमुखको लेबी पारिश्रमिकबाट २० बाट १० प्रतिशतमा झारिएको छ ।

वडाध्यक्षको हकमा १० बाट घटाएर ५ प्रतिशतमा लेबी रकम कायम गरिएको छ । प्रदेश समितिलाई क्रियाशील सदस्यता नवीकरणको अनुगमनमा खटाउने निर्णय गरिएको छ ।

‘क्रियाशील सदस्यता नवीकरणमा प्रदेश समितिको भूमिका बढाउन प्रदेश समितिलाई अनुगमनमा खटाउने निर्णय गरेका हौं,’ समिति सदस्य रसाइलीले भने ।

क्रियाशील सदस्यता स्थानान्तरण गर्दा बसाइँसराइ र मतदाता परिचयपत्र पेस गरेको व्यक्तिलाई मान्यता दिने निर्णय गरिएको छ ।

दुवैतिरका जिल्ला सभापतिले स्वीकृति दिएपछि मात्रै क्रियाशील सदस्यता स्थानान्तरको हुने व्यवस्थालाई संशोधन गरिएको छ ।

अनुशासन समितिले समयमा निर्णय नगर्दा क्रियाशील सदस्यता नवीकरण हुन नसकेका व्यक्तिका सन्दर्भमा महामन्त्री थापाले सभापति शेरबहादुर देउवा, शीर्ष नेता र अनुशासन समितिका सदस्यसँग छलफल गरेर छिटो टुंगाउन पहल गर्ने निर्णय भएको छ ।

बैठकले क्रियाशील सदस्यताको कार्ड अपुग भएका जिल्लाहरू डोल्पा, मुस्ताङ, बारा, अर्घाखाँची लगायतका जिल्लामा थप पठाउने निर्णय भएको छ ।

सदस्यता व्यवस्थापन समितिले विदेशस्थित सबै ३६ वटा जनसम्पर्क समितिलाई नवीकरण कार्ड वितरण गर्ने निर्णय लिएको छ ।

Page Views: 97
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama