Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अहिलेको सरकारले पटक्कै सुशासन दिन सकेन् : डा. कोइराला

- shuvadmin / बिहिबार, चैत ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि सुशासन पटक्कै दिन नसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारमा हुने मन्त्रीहरूले एमालेसँग सहकार्य गर्ने बाध्यता रहेको भन्दै सत्ता पक्षमा भएको तर सरकारमा नभएको कांग्रेसको नेताहरूको काम सरकारलाई खबरदारी गर्ने रहेको बताए ।

उनले भने, ‘म के भन्छु भने नेपाली कांग्रेस र एमाले सरकारमा छौँ । सुशासनको लागि त कुरा गर्नुपर्‍यो, अगाडि बढाउनुपर्‍यो ।

भन्न त मिल्दैन तर सुशासन पटक्कै छैन भने पनि हुन्छ । उहाँहरूलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ ।

मन्त्रिपरिषद्मा जान्छ । उहाँहरूलाई मन लाग्यो भने तेस्रो नम्बरलाई लिनुहुन्छ । त्यसरी जानुभएको छ । मैले जहाँ पनि भनिरहेको छु ।

कांग्रेस सत्ता पक्षको हो । तर, सरकारमा छैनौँ । सरकारमा हुने मन्त्रीहरूले सहकार्य गर्नुहोस् एमालेसँग केही आपत्ति छैन् ।

तर, जो सत्ता पक्षमा छौँ तर सरकारमा छैनौँ । हाम्रो काम खबरदारी गर्ने हो ।’ त्यस्तै उनले आज देशको परिदृश्य हेर्दा भयावह अवस्थामा रहेको बताए ।

गिरिजाप्रसाद बितेको १५ वर्ष भइसक्दा पनि उनीबाट कांग्रेसका नेताहरूले पाठ सिक्न नसकेको बताए ।

उनले भने,‘ जुन परिदृश्य देखिरहनु भएको छ, देशको जुन अवस्था बुझिरहनु भएको छ । तर भयावह अवस्था देशमा छ ।

गिरिजाप्रसाद भएको भए के हुन्थ्यो होला त भन्ने लाग्छ होला । उहाँ देशको अवस्थाप्रति अत्यन्तै चिन्तित हुनुहुन्थ्यो ।

तर, १८–१९ वर्ष भइसक्यो, गिरिजाप्रसाद बितेको पनि १५ वर्ष भइसक्यो । हामीले पाठ नै सिकेनौँ । नेताहरूले हामीहरूले केही पाठ नै सिक्न सकेनौँ ।’

त्यस्तै उनले कांग्रेस कहिले माओवादी त कहिले एमालेकोपछि लागेको भन्दै अब कांग्रेसले यसरी जाने भनेर निर्णय गर्न सक्नुपर्ने बताए ।

Page Views: 62
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama