Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तीन करोड लिएर ठेकेदार फरार, आठ वर्षदेखि पुल अलपत्र

- shuvadmin / सोमबार, चैत १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मुस्ताङ, मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन मोटरेबल पुल निर्माण कम्पनीका ठेकेदार तीन करोड भन्दा बढी रकम लिएर फरार हुँदा आठ वर्षदेखि पुल अलपत्र परेको छ ।

२०७३ सालदेखि सुरु भएको सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरे बल पुल दशक बित्दा समेत अलपत्र हुँदा स्थानीयवासीले सास्ती खेप्न बाध्य छन् ।

वि।स। २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबिच सम्झौता भएको थियो ।

निर्माण कम्पनी रकम लिएर आनन्दले काठमाडौँमा बसेको र नियामक निकायले ठेकेदारको पक्षमा उभिएर कुनै कडाइ नगर्दा स्थानीयले सास्ती भोग्नु परेको रमेश ल्वागनले बताए ।

थासाङ गाउँपालिका–५,छोयो, देउराली, कुञ्जो, ताकलुङ, प्रस्याङ, टिटीका करिब १ सय ५० घरधुरीका ७ सय जनसङ्ख्या लाभान्वित हुने पुल नबन्दा अधुरो पुललाई हेर्दै स्थानीयवासीले नजिकै रहेको झोलुङगे पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय ल्वागनको भनाई छ ।

पुल बनाउन छाडेर रकम लिएर अनेक बहाना बनाउने गरेको छ यसले गर्दा स्थानीय उत्पादनलाई बजारीकरणमा समेत समस्या भएको उनको भनाइ छ ।

पुल नबन्दा स्थानीयलाई आवतजावतसँगै पर्यटकीय स्थल टिटी तालमा आउने पर्यटकलाई समेत सास्ती भएको छ भने नियमित उत्पादन हुने आलु, किवी, बेमौसमी तरकारीका साथै अन्य कृषि उपजको सहज बजारीकरणमा समस्या भइरहेको टाक्लुङ आधारभूत विद्यालयका शिक्षक राम परियारले बताए ।

ठेकेदारले उल्टै पुल निर्माणको क्रममा खाद्यान्नका साथै स्थानीयको ट्याक्टरको प्रयोग, मजदूरी गरेकाले समेत भुक्तानी नदिएको शिक्षक परियारले भने ।

अलपत्र पुलका बारेमा पटक पटक ठेकेदारसँग कुरा गरे पनि काम सुरु नगरेकाले अब निर्णायक आन्दोलनको विकल्प नभएको सांसद योगेश गौचनले बताए ।

ठेकेदारलाई तत्काल कालोसूचीमा राखेर जरिवानाबाट असुलउपर गरी पुनः ठेक्काको प्रक्रियामा जाने उनको भनाइ छ ।

पुलको लागत १४ करोड १९ लाख ६५ हजार ८८१ रहेको छ यी मध्ये निर्माण कम्पनीले २४ प्रतिशतभन्दा बढी रकम लिएको सांसद गौचनले बताए ।

पूर्वाधार कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोका मगरले भने ताकेता गर्दे आएको बताए ।

तर, यस कार्यालयले आठ वर्षसम्म कुनै प्रगति नभएको र ठेकेदारसँग कुनै कडाइ गर्न सकेको छैन् ।

Page Views: 61
संबन्धित शिर्षकहरु
नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला
वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
ताजा अपडेट
  • नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
  • च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला
  • वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama