Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वीपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण गरिने

- shuvadmin / सोमबार, चैत २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बनेपा, असोज दोस्रो साता रोसीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको वीपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण गरिने भएको छ ।

बाढीबाट क्षति भएको सडक नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने भएको छ भने एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको छ ।

डिभिजन सडक भक्तपुरले काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । सिन्धुलीतर्फको एक खण्डका लागि पनि सूचना प्रकाशित भएको छ ।

डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेँसीदेखि चार सय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीदेखि चार सय बेँसीसम्मको ८।५ किलोमिटर सडक पुनर्निर्माणका लागि बोलपत्र आह्वान भइसकेको बताए ।

उनले सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको जनाएका छन् ।

“क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि सरकारबाट आठ अर्ब ५० करोड रुपियाँ बजेट सुनिश्चितता प्राप्त भएको छ, त्यसबाट काभ्रेपलाञ्चोक जिल्लातर्फ तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुली खण्डका लागि एक अर्ब रुपियाँ बजेट सुनिश्चितता आएको छ,” सिडिई योगेशले भने ।

राजमार्गको अलि बढी मोड र अप्ठ्यारो रहेको बर्खेखोलादेखि डालाबेँसीसम्मको ५.५ किलोमिटर सडक पुनर्निर्माणका लागि भने जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग छलफल भएको र जाइकाले स्थलगत अध्ययन गर्न लागेको र उक्त सडकखण्ड पुनर्निर्माणका लागि जापान सरकार लगभग तयार देखिएको उनले बताए ।

बर्खेखोलादेखि डालाबेँसी सडकखण्डमा साना टनेल बनाउने, भायाडक्ट (अग्ला पुल) बनाउनेखालका नयाँ काम हुन सक्ने भएकाले जाइकासँग छलफल चलिरहेको छ ।

“अहिलेको अवस्था हेर्दा उनीहरूले गर्नेजस्तो देखिएकाले हामीले उक्त खण्डको बोलपत्र निकालेका छैनौँ,” सिडिई योगेशले थपे ।

उनले उक्त खण्डमा रहेका सडकका मोडलाई सिधा बनाउनका लागि पाँच सय मिटरका छोटा टनेल (सुरुङमार्ग) बनाउन सकिने उल्लेख गरे ।

उनले सडक पुनर्निर्माणका लागि सूचना प्रकाशित गरिएका सडक खण्डको जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य रहेको बताए ।

क्षतिग्रस्त वीपी राजमार्ग पुनर्निर्माण गर्दा साबिकको सडक ट्र्याकबाटै सडक पुनर्निर्माण गरिने डिभिजन सडकले जनाएको छ ।

“वीपी राजमार्ग पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहज रूपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्रे भएको र अर्को रोसीखोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने छ,” सिडिई योगेशले भने ।

उनले भकुन्डेदेखि नेपालथोकसम्मको पुनर्निर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन (दुई लेन) सडक बनाउने गरी ठेक्का आह्वान भएको बताए ।

वीपी राजमार्गमा हाल भएको सवारी चापले समेत दुई लेन सडकको आवश्यकता महसुस भएको जनाउँदै डिभिजन सडक भक्तपुरले निकट भविष्यमा धुलिखेलदेखि भकुन्डेसम्मको साथै बिपी राजमार्गमा दुई लेन सडक आवश्यक देखिएको जनाएको छ ।

कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ ।

खुर्कोटदेखि सिन्धुलीको चियाबासीसम्मको सडकलाई छोटो बनाउन सुरुङमार्ग बनाउने विषयमा समेत जाइकाले अध्ययन गर्दै आएको छ ।

बिपी राजमार्गमा आगामी मनसुनको समयमा यातायात सञ्चालन गर्नका लागि डिभिजन सडक भक्तपुरले अस्थायी सडकको उचाइ बढाउने काम गरेको छ ।

कार्यालयका सिडिई योगेशले डिभिजन सडक भक्तपुर, काठमाडौँलगायतका डिभिजनबाट एक्साभेटर, रोलर, लोडर, टिप्परलगायतका दैनिक ३७ वटा उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको बताए ।

“बाढीले क्षति गरेको राजमार्गमा वर्षायाममा सवारी सञ्चालन गर्न खोलाको बहाव परिवर्तनका साथै खोलामा रहेको निर्माणसामग्री प्रयोग गरेर सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाउने काम भइरहेको छ,” सिडिई सुमन योगेशले भने ।

उनले वैशाख मसान्तभित्र बाढीले क्षति गरेको आठ किलोमिटर अस्थायी सडकको उचाइ बढाउनेलगायतको काम सम्पन्न हुने बताए ।

बाढीले क्षति पु¥याउन सक्ने र अप्ठ्यारो स्थानमा तारजाली राख्ने कामसमेत भइरहेको छ ।

असोजभन्दा अघि आएका जस्ता बाढीले क्षति नगर्ने गरी अस्थायी सडक बनाइएको डिभिजन सडक भक्तपुरले जनाएको छ ।

कार्यालयले वर्षायाममा पहिरोलगायतबाट हुन सक्ने राजमार्ग अवरोधका लागि उपकरण र जनशक्ति व्यवस्थापन गरिने र यदि राजमार्ग अवरुद्ध भएको खण्डमा भकुन्डेबेँसी, तेमाल, मेच्छेपौवा हुँदै सिन्दुरेटारबाट वैकल्पिक सडक सञ्चालन गरिने जनाएको छ ।

Page Views: 54
संबन्धित शिर्षकहरु
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
बाढी पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध
पाककलाको क्षेत्रमा सेफ भवी खनालकाे अन्तर्राष्ट्रिय स्तरको पहिचान
ताजा अपडेट
  • नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
  • बाढी पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध
  • पाककलाको क्षेत्रमा सेफ भवी खनालकाे अन्तर्राष्ट्रिय स्तरको पहिचान
  • आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण
  • कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
  • माैसम बदलीसँगै केहि स्थानमा भारी वर्षा हुने
  • नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
  • च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama