Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारथमा जारी आईपीएलमा राजस्थानलाई ५८ रनले पराजित गर्दै गुजरात शीर्षस्थानमा

- shuvadmin / बिहिबार, चैत २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, गुजराज टाइटन्स इण्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थान उक्लिएको छ ।

गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५८ रनले हराउँदै गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो।

दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ ।

२ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो ।

राजस्थानले १२ रन जोड्दा पहिलो २ विकेट गुमायो। यशस्वी जैसवाल ६ रनमा र नितिश राना मात्र १ रनमा आउट भए।

निरन्तर अन्तरालमा विकेट झर्दा राजस्थान दबाबमा पर्यो ।

राजस्थानको लागि सिम्रन हेटमेरले ३२ बलबाट सर्वाधिक ५२ रन बनाए।कप्तान सन्जु सामसनले ४१ र रियान परागले २६ रन जोडे ।

अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । बलिङमा प्रसिद्ध कृष्णाले ३ विकेट लिए। रसिद खान र साई किशोरले समान २ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो ।

ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए ।

यसपछि ओपनर साई सुदर्शन र जस बटलरले दोस्रो विकेटको लागि ८० रनको साझेदारी गरे । बटलर ३६ रनमा आउट भए ।

त्यसपछि साहरुख खानले पनि साई सुदर्शनसँग तेस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे । साहरुख पनि ३६ रनना आउट भए ।

क्रिजमा टिकेका साईले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दो अर्धशतक बनाए ।

उनी १९ औं ओभरको दोस्रो बलमा कुल ८ चौका र ३ छक्काको मद्दतमा ८२ रन जोडेर आउट भए। उनले ५२ बल खेले ।

राहुल टेवाटिया अविजित २४ रनमा रहे। उनले १२ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे ।

बलिङमा तुसार देशपाण्डे र महिश थेकसानालेनसमाले समान २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १–१ विकेट झारे ।

प्रतियोगिता अन्तर्गत आज रोयल च्यालन्जर्स बेंलुरु र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।

Page Views: 66
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama