Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नारायणघाट–बुटवल सडक खण्डको दाउन्नेमा चिप्लो बाटोका कारण सवारी साधन चलेनन्, यात्रुको बिचल्ली

- shuvadmin / शुक्रबार, चैत २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नवलपुर, पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्नेमा चिप्लो बाटोका कारण सवारी साधन चल्न नसक्दा यात्रुको बिचल्ली भएको छ ।

राति १२ बजेदेखि एउटा गाडी पनि पास हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।

‘‘म दुम्किवास र दाउन्ने खण्डको बिचमा छु, राति १२ बजेदेखि एउटा गाडी पनि पास हुन सकेको छैन, डोजरले धकेलेर पास गराए जाने हो नत्र गाडी चिप्लिएर अघि बढ्नै सक्दैनन्,’’ प्रहरी उपरीक्षक ढकालले भने ।

दुई फिटसम्म जमेको धुलोमा पानी परेपछि बाटो चिप्लो भएर गाडी चल्न नसकेका हुन् ।

चैत २७ गतेदेखि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर बाटो बिस्तारको काम गरिएको थियो । तर त्यसै रातीदेखि परेको हल्का वर्षाका कारण यात्रुले सास्ती पाएका हुन् ।

बाटो बन्द हुँदा दाउन्ने पश्चिमभन्दा दाउन्ने पूर्वमा अत्यधिक ट्राफिक जाम भएको प्रहरी उपरीक्षक ढकालले बताए ।

उनले दाउन्नेदेखि पश्चिम झण्डै चोरमारासम्म २० किलो मिटरभन्दा बढी ट्राफिक जाम भएको बताए ।

‘‘अहिले त यस्तो छ वर्षामा कस्तो हुने होला ? ’’ ढकालले भने, ‘‘निक्कै दुःख पाइयो, यात्रुलाई पनि त्यस्तै सास्ती छ ।’’

जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जाराले २४ सै घण्टा प्रहरी परिचालन गर्दा पनि समस्या समाधान हुन नसकेको बताए ।

लोडवाला गाडी फसेका छन्, जसले गर्दा साना सवारी साधन पनि पास हुन नसकेर जाम अत्यधिक भएको छ,’’ प्रहरी निरीक्षक बन्जाराले भने ।

Page Views: 82
संबन्धित शिर्षकहरु
एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्दै
सुनचाँदीको मूल्य बढ्याे
उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार
ताजा अपडेट
  • एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्दै
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार
  • रसुवा बाढीमा परेका ५ हजार ८ सय बढि अझै बेपत्ता
  • रास्वपाको सचिवालय बैठक बिहान ११ बजे बस्ने
  • आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
  • आज कोशी, बागमती र गण्डकी प्रदेशको केहि भू-भागमा भारी वर्षा हुने
  • श्रमिकको अवस्था विवरण बुझाउन म्यानपावरलाई निर्देशन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama