Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेप्सेमा झिनो गिरावट, कारोबार पौने ६ अर्बमा सीमित

- shuvadmin / मङ्गलबार, असार १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले घटेको छ ।

आज नेप्से ०.२२ अंकले घटेर २ हजार ६०१.८४ विन्दूमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले बढेर ४४५.१७ विन्दूमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो ।

बैंकिङ समूह आज सर्वाधिक अर्थात ०.५४ प्रतिशतले बढ्यो ।

लगानी समूह पनि आज ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३७, लघुवित्त ०.१९ र म्युचुअल फण्ड समूह ०.३९ प्रतिशतले बढ्यो ।

होटल समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.०६ प्रतिशतले घट्यो ।

विकास बैंक समूह पनि आज ०.३२ प्रतिशत,फाइनान्स ०.६२,होटल १.०६, हाईड्रो ०.३४, जीवन बीमा ०.०४, निर्जीवन बीमा ०.२२ र अन्य समूह ०.२० प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन बुटवल पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो ।

यो कम्पनीको आज २७ करोड ६५ लाख बढीको सेयर कारोबार भयो ।

राधी विद्युतको पनि आज २३ करोड ९६ लाख, हिमालयन पावर पार्टनरको २३ करोड ८५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड र ङादी ग्रुप पावरको २१ करोड ४५ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनै पनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन ।

ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.०१ प्रतिशतले बढ्यो ।

हिमालयन पावर पार्टनरको सेयरमूल्य पनि आज ७.८७, खानीखोला हाईड्रोको ५.९७, पियोर इनर्जीको ५.८४ र पाँचथर पावरको सेयरमूल्य ४.८३ प्रतिशतले बढ्यो ।

दोर्दी खोला जलविद्युत आज सर्वाधिक गुमाउने कम्पनीको रुपमा रह्यो ।

यो कम्पनीका लगानीकर्ताले आज ४.३२ प्रतिशतले गुमाए ।

यस्तै थ्रिस्टार हाईड्रोका लगानीकर्ताले ३.१२ प्रतिशत र बरुण हाईड्रोका लगानीकर्ताले ३.११ प्रतिशतले गुमाए ।

Page Views: 82
संबन्धित शिर्षकहरु
आज सुनचाँदीको मूल्य घट्याे
आजका लागि विदेशी मुद्राको विनिमय दर
सहुलियत कर्जा व्यवस्थित र प्रभावकारी बनाइँदै
ताजा अपडेट
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
  • सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे
  • ट्राफिक नियम उलंधन गर्ने माथि कडा निगरानी
  • आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
  • आज सुनचाँदीको मूल्य घट्याे
  • मधेसमा धान रोपाइँ अन्तिम चरणमा
  • आजका लागि विदेशी मुद्राको विनिमय दर

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama