Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दक्षिण अफ्रिकामा स्कटल्याण्डविरुद्ध नेपालको सानदार जीत

- shuvadmin / आइतबार, पुष २९, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, आइसिसी यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली युवा टिमले अभ्यास खेलमा लगातार तेस्रो जीत निकालेको छ ।

तेस्रो जीत हात पार्नेक्रममा शनिबार भएको आधिकारिक वार्मअप खेलमा स्कटल्याण्डलाई डकवर्थ लुईस पद्धतिको आधारमा ७ विकेटले हरायो ।

नेपालले पहिलो अनौपचारिक अभ्यास खेलमा स्कटल्याण्डलाई १३५ तथा दोस्रो म्याचमा नामिबियालाई ६ रनले हराएको थियो ।

तेस्रो खेलमा स्कटल्याण्डले दिएको १ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९-३ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।

त्यसपछि पानी नरोकिएपछि डकवर्थ लुईस पद्धतिअनुसार नेपाललाई विजेता घोषणा गरियो ।

नेपालका अर्जुन कुमाल ३३ र आकाश त्रिपाठीले २९ रन बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्ड ४४.४ ओभरमा १ सय १४ रनमै अलआउट भयो ।

उसका लागि उजेर अहमदले ३१ र ह्यारी आर्मस्ट्रङले २३ रन बनाए । स्कटल्याण्डलाई सस्तैमा समेट्नेक्रममा नेपालका गुलशन झा र तिलक भण्डारीले तीनरतीन विकेट लिए ।

नेपालले अब अन्तिम वार्मअप खेल मंगलबार वेस्ट इण्डिजसँग खेल्नेछ । त्यसपछि नेपालले विश्वकपमा २१ जनवरीमा न्यूजील्याण्ड, २४ जनवरीमा पाकिस्तान तथा २६ जनवरीमा अफगानिस्तानसँग खेल्ने तालिका छ ।

Page Views: 51
संबन्धित शिर्षकहरु
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama