Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एमाले केन्द्रीय कमिटी बैठक आज, बोल्नेलाई ३ मिनेट मात्रै समय

- shuvadmin / सोमबार, साउन ०६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पार्टी विधानका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ।

सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने बैठकमा आगामी विधान महाधिवेशनका प्रष्तुत हुने विधानको मस्यौदा प्रस्तुत गर्ने कार्यसूची छ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितीका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटव्यूरोले पास गरेको विधान केन्द्रीय कमिटी बैठकमा गर्नेछन्।

एमाले सचिवालय र पोलिटव्यूरो कमिटीको बैठक सकिएपछि केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराउने तयारी छ।

सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरो सदस्यहरुले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरुले मात्र आजको बैठकमा बोल्ने अवसर पाउने गौतमले जानकारी दिए।

आजको बैठकको सुरुमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले समसामयिक राजनीतिक विषय, सरकारको एकवर्ष र पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकका निर्णयका सन्दर्भमा मन्तव्य राख्ने छन्।

यसैगरी महासचिवले सा‌गठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधानको विषयको छलफलमा प्रवेश गर्ने छ।

एमालेमा सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरो बाहेक करिब २३० जना केन्द्रीय सदस्य छन्।

बैठक आज र भोलीमा सक्ने भनिए पनि सबै केन्द्रीय सदस्यले धारणा राख्ने समय लिएमा पर्सीसम्म लम्बिने आँकलन छ।

पार्टीको साउन १ गते बसेको सचिवालय, साउन २ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ।

उपाध्यक्ष पौडेलले विधानमा यी विषयहरु पनि समेटेर केन्द्रीय कमिटीम प्रस्तुत गर्नेछन्।

केन्द्रीय कमिटीले पास गरेको विधान मातहका कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ।

मातहतका कमिटीबाट आएका सुझावहरुलाई समेटेर महाधिवेशनमा प्रस्तुत गरिने गौतमले जानकारी दिए।

भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना हुनेछ।

Page Views: 77
संबन्धित शिर्षकहरु
पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
ताजा अपडेट
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
  • देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama