काठमाण्डू, नेपाल प्रहरीको ११ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसपीमा बढुवा सिफारिस गरेको हो।
सिफारिस हुने एसपीहरूमा प्रकाश रानाभाट, कमल थापा, राकेश सिंह, राजीव बस्नेत, तुलबहादुर कार्की, दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, प्रविण धिताल र दयानिधी ज्ञवाली छन्।
बढुवा सिफारिसमा यसपटक पनि एसपी बिमल बस्नेत र रामप्रकाश शाह छुटेका छन्।
बस्नेत पहिलो नम्बरमा भएपनि ५ वर्ष बढुवा रोक्काको कारबाहीमा परेका थिए। साह र बस्नेत राष्ट्रिय अनुसन्धान विभागको टोलिबाट आएका हुन्।
११ एसएसपीका लागि ३३ जना एसपी प्रतिस्पर्धामा थिए। गृह स्रोतका अनुसार सिनियर १३ मध्येबाट ११ जना बढुवा सिफारिसमा परेका हुन्।