Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा कन्याम

- shuvadmin / बुधबार, साउन १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

फिक्कल, पर्यटकले इलामका चर्चित पर्यटकीय स्थल कन्याम र अन्तु भरिभराउ भएका छन्।

blog

सधैँजसो पर्यटकले भरिभराउ हुने कन्याम र अन्तुमा यो गर्मीमा झन उल्लेखनीय सङ्ख्यामा आउँदा यी दुई पर्यटकीय स्थल भरिभराउ भएका हुन्।

यहाँ पर्यटकले होटल तथा होमस्टे अग्रिम बुकिङ गरे। नेपालका विभिन्न जिल्ला र विशेष गरी भारतीय पर्यटकले यस पटक अग्रिम रूपमा होटल, होमस्टे बुकिङ गरे।

सधैँ भीड हुने यी क्षेत्रमा नयाँ बर्ष र चाढबाडमा भिडभाड हुने भएपनि यो पटक तराईमा भएको उखुमै गर्मीले गर्मी छल्न आउने आन्तरिक पर्यटकको चाप थेगी नसक्नु भएको छ ।

बढ्ने भएर कोठा नपाइने भएपछि पर्यटकले अग्रिम बुकिङ गरेको अन्तुका होमस्टे सञ्चालक रुद्र घिमिरेले जानकारी दिए ।

उनका अनुासर अन्तुका सबैजसो होटल, होमस्टे चरिएको बताए ।

भारतको सिक्किम, विहार, सिलीगुडी, दार्जीलिङ र पश्चिम बङ्गालका पर्यटकले होटल अग्रिम बुक गरेर आउने गरेका छन् ।

अन्तुमा ६४ भन्दा बढी सामुदायिक र निजी होमस्टे अनि ५० भन्दा बढी होटल तथा कटेज सञ्चालनमा छन्।

अन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न आउने गरेका छन्। यस्तै अन्तु पोखरीमा डुङ्गा सयर गर्न र घोडचढी गरी चिया बगान डुल्न पर्यटक रुचाउँछन्।

झिसमिसेमै बङ्गालको खाडीबाट लालघामको झुल्कोले सेताम्मे कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल रङ्गाउँदै अन्तुडाँडालाई चुम्बन गर्दा पर्यटक फुरुङ्ग बन्छन्।

चियाबारी, फूलबारीभित्र चिटिक्कै सजाइएका काठेघर अनि स्थानीय उत्पादनको स्वाद चखाउँदै चलाइएका होमस्टेले पर्यटकलाई तान्ने गरेको अन्तु आउनुभएका आन्तरिक पर्यटक विकास ओलीले बताए ।

कन्याम पनि पर्यटकले खचाखच छ। पर्यटकले सबै होटल बुक गरेको कन्यामका होटल व्यवसायी टेकराज गिरीले बताएका छन् ।

नेपाल र भारतका पर्यटकले कन्याममा नयाँ वर्ष मनाउने योजना बनाएको उनले बताए ।

भारतको दार्जीलिङबाट केही दिन अघिदेखि अन्तुमा बसिरहेका पुस्कर भण्डारी जति आए पनि अन्तु र कन्याम आइरहुँ लाग्ने बताउँछन् ।

उनले भने, “हामीलाई यति नजिकै रहेका अन्तु र कन्यामले हरेक वर्ष नयाँ वर्षमा तान्न थालेका छन्।” “साँच्चै प्रकृतिसँग रमाउने भए कन्याम र अन्तु आए पुग्छ,” ।

कन्यामका चियाबारीमा रमाउने पर्यटक बढी भेटिन्छन्। विभिन्न जातजातिको वेशभूषामा सजिएर तस्बिर खिचाउनेदेखि चियाको स्वाद चाख्नसम्म पर्यटक आउने गरेका छन्।

सूर्योदय नगरपालिकाले कन्याममा पर्यटकलाई लक्षित गरी सेल्फी पार्क, टिकटक पार्क र निजी लगानीमा स्काई वल्कसमेत निर्माण गरिएको छ।

पर्यटक राति अबेरसम्म कन्याममा रमाउने गरेका छन्। सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले भारतीय पर्यटक अन्तु र कन्याम आउन रुचाउने गरेको पनि बताए ।

नयाँ वर्ष मनाउने पर्यटकले इलामको पानीटार, सन्दकपुरलगायतका क्षेत्रसमेत खचाखच हुने गरेको उनको भनाइ छ ।

इलामको सूर्योदय नगरपालिकामा रहेको कन्याम प्रमुख पर्यटकीय स्थलहरुमध्ये एक हो ।

मेची राजमार्गमा पर्ने कन्याममा बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न जान्छन् ।

विशेषत: चिया बगानले कन्यामलाई सुन्दर बनाएको छ । जहाँबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिन्छ ।

कन्यामको बीच भागतिर पर्ने लभडाँडा पनि घुम्ने थलो हो ।

Page Views: 63
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama