Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्याउ पाक्ने बेलामा बाटो बन्द हुँदा बाजुराका स्याउ किसानलाई बजारमा कसरी लैजाने भन्ने चिन्ता

- shuvadmin / बिहिबार, साउन १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बाजुरा, स्याउ पाक्ने बेलामा बाटो बन्द हुँदा बाजुरामा स्याउ किसान अहिले चिन्तामा परेका छन् ।

जिल्लाको पूर्वी–उत्तर क्षेत्रको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा लगायतका ठाउँमा स्याउ पाक्ने बेला भएको छ ।

यसबेला यहाँको मार्तडी–कोल्टी सडक सधै यसरी नै अवरुद्ध हुने गरेकाले यहाँका किसान स्याउ पाकेपछि बजारमा बिक्री गर्न कसरी लैजाने चिन्तामा परेका छन् ।

असारदेखि भदौसम्म मार्तडी–कोल्टी सडक सधै अवरुद्ध हुने गरेकाले स्याउ बजारमा ढुवानी गर्न सधै समस्या हुने गरेको बुढीनन्दा नगरपालिका स्याउ किसान मानबहादुर रावतले बताए ।

उनले भने, “अब बारीमा स्याउ पाक्ने बेला भयो । गाउँमा बजार छैन । स्याउ टाढा लैजाऊ यहाँको मार्तडी–कोल्टी सडक अहिले नै अवरुद्ध बन्दै गएको छ ।”

समयमै यो सडक सञ्चालनमा नआए विगतका वर्षझैं यो वर्षमा पनि स्याउ बजारमा स्याउ कसरी लैजाने भन्ने अहिले नै चिन्ता लागेको रावतले बताए ।

हिमाली १८, स्वामिकार्तिक ३५, जगनाथमा ४५, बुढीनन्दामा ५०, खप्तड छेडेदहमा–१, बुढीगङ्गा नगरपालिका–१ गरी एक सय पचास परिवारले स्याउ खेती गर्दैआएका छन् ।

यता गौमुल गाउँपालिकामा एक समूहमार्फत स्याउ खेती शुरु गरेको छ ।

आर्थिक वर्ष २०८१–८२ मा यहाँ एक हजार छ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

झण्डै पाँच सय पन्ध्र क्विन्टल स्याउ बाहिर गएको थियो । यहाँ किसानले झण्डै ७० देखि ८० लाखभन्दा बढी रुपियाँ यहाँका आम्दानी गरेका थिए ।

बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ राम्रो उत्पादन हुने गरेको छ । यहाँ चार सय दस हेक्टर जमिनमा स्याउ रोपिएको छ ।

त्योमध्ये दुई हेक्टर जमिनमा स्याउ फल्ने गरेको कृषि ज्ञान केन्द्र कार्यालय बाजुराका प्रमुख जसिराम साहनीले बताए ।

यता २०७८ सालको असारमै काम सम्पन्न गर्नेगरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बाँनिया कोटेश्वर जेभी प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका छन् ।

मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जेभी प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका हुन् ।

मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडक पक्की गर्ने काम सम्पन्न भए पनि उता ढम्कनेदेखि कोल्टीसम्मको ३१ किलोमिटर सडक अझ पिच भएको छैन् ।

ठेकदारको लापरबाहीले सो सडक निर्माणको काममा ढिलाइ भएपछि मार्तडीदेखि कोल्टीसम्म जाने यात्रुलाई बर्खाको समय सधै यसरी आवत–जावतमा सास्ती खेप्नु परेको छ ।

मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्न ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी लिएका छन् ।

जिल्लीमा पहिरोको कारण सडक अवरुद्ध भएको छ । पहिरो सफा गरेपछि अवरुद्ध भएको सडक चाँडै सुचारु हुने भौतिक पर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताउनुभयो ।v

Page Views: 28
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama