Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुकुटे रिर्सोट सञ्चाक थापा भन्छन्, ” तीन पुस्ते भन्दा फरक ब्यक्तिबाट बेचिएको जग्गा आफ्नो दावी गर्नु सरसर गलत “

- shuvadmin / शुक्रबार, साउन १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सुकुटे, विदेशी पर्यटकहरुका लागि सुविधा सतिको रिसोर्ट सुकुटे आसपासमा थिएन । पहिलो रिसोर्टको ट्रेकिङ एसोशियसन नेपाल पूर्वअध्यक्ष महेन्द्र थापाले सुरुवात गरेका थिए ।

सुकुटेमा विदेशी पर्यटकलाई बसाउनेगरी आवास सहितको सुकुटेमा रिसोर्ट बनाउने सोच थापाले बनाए ।

सुविधा सम्पन्न रिर्सोटका लागि लागि जग्गा लिजमा भन्दा आफ्नै नाममा जग्गा खरिद गर्ने अठोट लिएका थापाले साबिक कदमबास गाविस स्थित बालुवा (हाल सुकुटेबीच रिसोर्ट) भन्ने ठाउँमा स्थानीयसंग जग्गा किन्ने निधो गरे ।

त्यसका लागि स्थानीय विष्णुलाल श्रेष्ठका ४ भाई छोरा मध्ये माइला छोरा सत्यलालसंग २०५५ सालमा ७ रोपनी जग्गा किन्ने सहमति गरेका थिए ।

तर, जिल्ला नापी कार्यालय सिन्धुपाल्चोकमा पुग्दा ७ रोपनी ११ आना मध्ये ४ रोपनी ५ आना अरनिको हाइवेको २५ मिटर मापदण्ड भित्रको रहेको पाएपछि ४३० र ५०६ कित्ता मध्ये बाँकी रहेको रहेको ३ रोपनी ६ आनालाई ५ लाख ८० हजारमा थापाले आफ्नो नाममा पास गरे ।

सत्यलालले भोगचलन गरी आएको घरबारी रहेको तर सडकको मापदण्डले छोएपछि सडकले रोक्का गरेको थियो ।

सोही कित्ताको बाँकी ४ रोपनी ५ आनाको जग्गा तात्कालीन श्री ५ को सरकारद्वारा रोक्का फिर्ता भएपछि सत्यलालले व्यवसायी थापालाई पास गर्ने शर्तमा वकिलसमेत राखेर कागज गरिएको थियो ।

थापाले सो जग्गा कागजकै भरमा थप एकलाख ५० हजार सत्यलाललाई बुझाए । तर, थापाले आफूले किनेको जग्गा कुनै नाप नगरीकन भोगचलनको आधारमा विश्वासमा जग्गा लिएर रिसोर्ट सञ्चालन गरेको दावी गरेका छन्।

अख्तियारमासमेत सार्वजनिक जग्गा मिचेको आरोपमा मुद्दा परेको थियो । सर्वोच्चसम्म पुगेको सो जग्गाको विवादमा अदालतले उक्त जग्गा थापाले नै भोगचलन गर्न पाउने गरी सर्वोच्चबाट आदेश पाएका थिए ।

७ रोपनी बाहेकको जग्गाको भोगचलन गरे वापतको चौतारा साँगाचोकगढी नगरपालिकासंग सम्झौता गरेरै कर निरन्तर बुझाइरहेका छन् ।

एकातिर व्यक्तिको जग्गा हडेपोको मुद्दा थपियो भने अर्कातर्फ छिमेकी रिसोर्ट सञ्चालक महेन्द्र श्रेष्ठले थापा माथि आफ्नो बाजेको सम्पति हडेपोको आरोप लगाउँदै उनी विरुद्व मुद्दा हाले ।

थापाले सार्वजनिक र व्यक्तिगत जग्गा हडेपेको भनेर सामाजिक सञ्जाल र सञ्चार माध्यममा छ्यापछ्याप्ती समाचार पनि नआएका भने होइनन् ।

रिबर वे का सञ्चालकसमेत रहेका श्रेष्ठ विष्णुलालका नाति र फत्तेलालका छोरा हुन । रिसोर्ट सञ्चलक थापाले रिवर वे रिसोर्टका सञ्चालक श्रेष्ठबाट नभइ सत्तेलालसंँग उक्त जग्गा लिएका थिए । सत्तेलाल महेन्द्र श्रेष्ठका साँहिला काका मात्रै हुन ।

तिनपुस्ते भन्दा फरक व्यक्तिको नामबाट बेचिएको जग्गा आफ्नो बाजेको हबला दिएर व्यवसायी थापा माथि उजुरी हाल्नु श्रेष्ठको रवया सरासर गलत भएको जानकारहरु बताउँछन् ।

सबुत प्रमाण सहित व्यवसायी थापाले रिसोर्ट सञ्चालन गरेर उक्त जग्गाको भोगचलन गरिरहेको वास्तविकता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि पत्ता लगाएको थियो ।

स्थानीय तह भएयता व्यवसायी थापाले नियम अनुसार नगरपालिकालाई नियमित कर बुझाउँदै आएका छन् । रिसोर्ट सञ्चालक थापा सम्भवत जिल्लाभरिबाटै सबैभन्दा बढी सरकारलाई राजश्व बुझाउने व्यवसायीका रुपमा चिनिएका छन् ।

स्वच्छ छवी र ईमान्दारीपूर्वक व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार प्रयोग गर्दै आएका थापाले पहरी र मगर समूदायलाई रिसोर्टमा रोजगारी दिंदै आएका छन् ।

शिक्षा, स्वास्थ्य, स्थानीय क्लब लगाएतमा थापाले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग पनि गर्दै आएका छन् ।

सिन्धुपाल्चोक विशेषगरी सुकुटे क्षेत्रको पर्यटन प्रर्वद्वनमा ठूलो योगदान पु¥याएर ‘सुकुटे’लाई सिन्धुपाल्चोककै एउटा ब्राण्डका रुपमा स्थापित गराउन सफल व्यवसायी थापालाई केही व्यक्तिबाट बाधा अड्चन आउने गरेको थापाको गुनासो छ ।

रिसोर्टका बिषयमा समाचार प्रकाशित हुन थालेसिछ रिसोर्ट परिसरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिंदै सञ्चालक थापाले आफूले नियम कानूनको अधिनमा रहेर व्यवसाय गर्दा पनि केही व्यक्तहरु आफुविरुद्व लागेको प्रति आश्चार्य लागेको बताएका थिए ।

विदेशी पर्यटकहरुलाई कसरी आफूले हिमालसम्म पु¥याएर इमान्दारीपर्वक सो बापत डलर कमाउने भन्ने कुरामा हामी व्यवसायीहरुबीच प्रतिस्पर्धा चल्नु पर्नेमा केही ब्यावसायी आफ्नो ब्यावसायको प्रगति देख्न नसकेर हात धोएर लागेको आरोप थापाको थियो ।

पत्रकार सम्मेलनमा तात्कालीन प्रजिअ, प्रहरी प्रमुख, नगर प्रमुख र पर्यटन ब्यावसायीको सहभागिता रहेको थियो ।

Page Views: 24
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama