Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बाँकेमा १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा

- shuvadmin / शुक्रबार, साउन १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालगन्ज, बाँके जिल्लाका १५ हजार घरपरिवार यस वर्ष बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले यो वर्ष १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा रहेको अनुमान गरेर सो जोखिमलाई न्यूनीकरण गर्न पूर्व तयारी गरिएको छ ।

सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका अनुसार बाढी र डुबानबाट हुने क्षति न्यूनीकरण गर्न जिल्ला विपद व्यवस्थापन समिति र जिल्लाका आठ वटै स्थानीय तहले पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेर सोही बमोजिम काम गरिरहेका छन् ।

उता, जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मनसुन सुरु भइसकेको अवस्थामा बाढी र डुबानबाट स्थानीयलाई जोगाउन पूर्वतयारी तथा जोखिम न्यूनीकरणका सबै काम पूरा गरेर कार्यान्वयनको प्रक्रियामा रहेको बताउनुभयो ।

स्थानीय तहहरुले पनि आफ्नो कार्ययोजना तयार गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेको जनाउँदै उहाँले स्थानीयलाई सचेत पार्ने कार्यहरु तीव्र पारिएको बताए ।

बाढी र डुबानको सबैभन्दा बढी जोखिममा रहेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा विशेष तयारी भइरहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

ठुलो वर्षा भएको बेला नदी र खोला किनारमा नजान, यसअघि डुबान भएका क्षेत्रहरुबाट सुरक्षित स्थानमा सर्न र बाढी पीडितका लागि स्थानीय सरकारले तयार पारेका अग्लो सेल्टरहरुमा गएर बस्न सर्वसाधारणलाई आग्रह गरिएको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनले बाढी, डुबान र कटानबाट डुडुवाका केही क्षेत्रहरु धेरै वर्षदेखि अत्यधिक प्रभावित हुँदै आएकोले पालिकाले क्षति न्यूनीकरण गर्न विभिन्न तयारी गरेको बताए ।

सोही प्रकारले राप्तीसोनारी र नरैनापुरका अध्यक्षहरु क्रमशः तप्त पौडेल र ईश्तियाक अहमद शाहले पनि राप्ती नदीको बाढीबाट हुँदै आएको क्षति रोक्न विभिन्न तयारी गरिएको जनाएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अनुसार यो वर्ष मनसुन, शीतलहर, लु र अन्य विपदबाट जिल्लामा २५ हजार परिवार प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ ।

तीमध्ये १५ हजार परिवार बाढी र डुबानबाट प्रभावित हुने भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले हरेक वर्ष जिल्ला भरिका लागि जोखिमको पूर्वानुमान गरेर वार्षिक पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेर कार्यान्वयन गर्दै आएको छ ।

Page Views: 39
संबन्धित शिर्षकहरु
त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama