Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आलेको अध्यक्षतामा एकता होटल तथा गेष्टहाउस व्यवसायी संघको नयाँ समिति चयन

- shuvadmin / आइतबार, साउन १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ , नेपालको तेह्रौ साधारणसभा तथा सातौँ अधिबेशनले सरोज आलेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

गौशला स्थित पिङ्गलास्थानमा अबस्थित होटल कृष्टल पशुपतिमा भएको कार्यक्रममा प्रमुख अतिथि सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्रीप्रसाद पाण्डेले साधारणसभाको उद्घाटन गर्दै नेपाल पर्यटनका हिसावले अत्यन्त सम्भावना बोकेको देश भएको बताए ।

नेपालमा भएका सम्पदा अन्तरराष्‍ट्रिय स्तरमा अझै पुर्याउन नसकिएको भन्दै मन्त्री पाण्डेले पशुपतिनाथ, बुद्दको जन्मस्थल लुन्बिनी, सगरमाथा लगायतलाई प्रचार प्रसार गरी आन्तरिक एवम बाहय पर्यटन प्रबर्द्वन गर्नु पर्नेमा जोड दिए ।

आगामी कार्यकालको लागि आले अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । अधिवेशनले आलेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिमा वरिष्ठ उपाध्यक्ष शरमान लिम्बू, द्वितीय उपाध्यक्ष तिलकप्रसाद चापागाइ, तृतीय उपाध्यक्ष प्रज्वल श्रेष्ठ, महासचिव अनिश बानियाँ, सचिव कुशल श्रेष्ठ, कोषाध्यक्ष सन्दिप पाण्डे, सहकोषाध्यक्ष गोपाल कोइराला निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा गोमा लिम्बू, जुनु सुब्बा , इश्वर पौडेल, चण्डेश्वर श्रेष्ठ, यादब सुवेदी, दिपेन्द्र यादब, खेमप्रसाद घिमिरे,, शम्भु पौडेल, दीपक पोख्रेल रहेका छन् ।

अधिबेशनले ३ संयोजकमा ध्रुबकुमार श्रेष्ठ संयोजक तथा राजु थापा र उमादेवी राई सदस्य रहेको लेखा समिति पनि चयन गरेको छ ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पर्यटनविद्, समाजसेवी एवं लेखक कर्ण शाक्यले नेपालको होटल तथा पर्यटन व्यवसायको बिगतको अबस्थादेखि अहिलेको अबस्था सम्मको आफ्नो बिशेषज्ञता र अनुभव साझा गरेका थिए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटा, होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश चुके, होटल संघ नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराल तथा इकाइहरुका तर्फबाट सुन्धारा होटल व्यवसायी संघका अध्यक्ष देवीप्रसाद कँडेलले अधिबेशन सफलताको शुभकामना दिएका थिए ।

संघका बरिष्ठ उपाध्यक्ष सरमान लिम्बूको स्वागत मन्तव्य राखेका थिए भने महासचिव प्रज्वल श्रेष्ठले सञ्चालन गरेका थिए ।

Page Views: 136
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama