Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हुलाकी राजमार्गको काम अलपत्र परेपछि मोरङको कटहरी गाउँपालिकाका बासिन्दाले सडकमै रोपे धान

- shuvadmin / बिहिबार, साउन २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, वर्षौँदेखि निर्माणाधीन हुलाकी राजमार्गको काम अलपत्र परेपछि मोरङको कटहरी गाउँपालिकाका बासिन्दाले सडकमै धान रोपेर विरोध प्रदर्शन गरेका छन्।

६ वर्षको अवधिमा आयोजनाको प्रगति केवल २७ प्रतिशतमा सीमित भएपछि, वर्षायाममा हिलाम्मे र खाल्डाखुल्डीले भरिएको सडकमा बिहीबार सांकेतिक रूपमा रोपाइँ गरी स्थानीयले आफ्नो आक्रोश पोखेका हुन्।

कटहरी गाउँपालिका(३ स्थित कटहरी चोकमा बिहान स्थानीयहरूले एक घण्टा सडक अवरुद्ध गरी विरोध कार्यक्रम सञ्चालन गरे।

उनीहरूले सडकको दुर्दशाप्रति सरकार र निर्माण व्यवसायीको ध्यानाकर्षण गराउन यो कदम चालेको बताए।

‘यो सडक नबनेको वर्षौं भइसक्यो। पानी पर्दा खाडलमा पानी जमेर हिँड्नै नसक्ने अवस्था छ, स्थानीय लक्ष्मीदेवी साहले भनिन्, हाम्रो पीडा कसैले नसुनेपछि विरोधस्वरूप सडकमै धान रोप्न बाध्य भयौं ।’

संघीय सरकारले २०७६ कार्तिक २४ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी यो सडकखण्ड निर्माणको जिम्मा श्रेष्ठ कन्स्ट्रक्सनलाई ७६ करोड रुपैयाँमा दिएको थियो।

सम्झौताअनुसार २०७९ कार्तिक २३ भित्रै काम सकिनुपर्ने थियो।

तर, निर्माण व्यवसायीको चरम लापरबाहीका कारण काम सम्पन्न नभएपछि आयोजनाको म्याद दोस्रो पटक थप गरी २०८२ जेठ मसान्तसम्म पुऱ्याइएको छ।

कटहरीको सिंघिया खोलादेखि नयाँबजार अगाडिको जुडीखोलासम्मको ६ किलोमिटर सडकखण्डको अवस्था अत्यन्तै दयनीय छ।

म्याद थप भएपनि निर्माण कार्यले गति लिन सकेको छैन, जसकारण स्थानीयले दैनिक सास्ती भोग्दै आएका छन्।

‘हुलाकी सडक तत्काल बनाउनुपर्छ भनेर हामीले वर्षौँदेखि आन्दोलन गरिरहेका छौं, तर हाम्रो आवाज सुनुवाइ भएन,’ अर्का स्थानीय दिपेश कामतले बताए।

यसअघि पनि राजनीतिक दल र विभिन्न संघसंस्थाले सर्वदलीय बैठक र छलफलमार्फत दबाब दिने प्रयास गरेका थिए।

जिल्ला प्रशासन कार्यालय, मोरङमा ठेकेदारका प्रतिनिधिलाई बोलाएर पटक९पटक छलफल भए पनि निर्माण कार्यले गति लिन सकेको छैन।

उक्त सडकखण्डको मुख्य ठेकेदार सुवास श्रेष्ठ सञ्चालक रहेको श्रेष्ठ कन्स्ट्रक्सनले काम गर्न नसकेपछि ६ महिनाअघि कांग्रेस नेता अभिषेक गिरिलाई पेटी ठेक्कामा दिएको बताइएको छ।

यो हुलाकी सडकखण्ड मोरङको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर लामो आयोजनाको एक हिस्सा हो, जसको कुल लागत तीन अर्ब ६० करोड रुपैयाँ रहेको छ।

Page Views: 43
संबन्धित शिर्षकहरु
किसानलाई दैनिक एक करोड भुक्तानी दिँदै डीडीसी
नागरिक उड्डयनमा मुकेश डंगोल नियुक्त
स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
ताजा अपडेट
  • किसानलाई दैनिक एक करोड भुक्तानी दिँदै डीडीसी
  • नागरिक उड्डयनमा मुकेश डंगोल नियुक्त
  • स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
  • गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
  • ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
  • कुक फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर
  • आमाको नामबाट चार महिनामा २०९ जनालाइ नागरिकता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama