Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बिहीबारदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध

- shuvadmin / शुक्रबार, साउन २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

म्याग्दी, बिहीबारदेखिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र मार्ग अवरोध हुँदा मुक्तिनाथ तथा दामोदरकुण्ड दर्शनका लागि जाने यात्रुहरुलाई समस्या भएको छ ।

बेनी जोमसोम सडक खण्डको रघुगङ्गा गाउँपालिका –३ बैसरीमा सडक माथिबाट झरेको पहिरोले गर्दा ५० मिटर जति सडक अवरोध भएको छ ।

त्यस्तै, अन्नपूर्ण गाउँपालिका –३ को सुकेबगरमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।

सडक खुलाउने प्रयास गरिएको भए पनि लगातारको वर्षाले गर्दा असहज भएको बेनी जोमसोम कोरला सडक आयोजनाका इन्द्रसिंह शेरचनले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका –३ दानका पर्यटन व्यवसायीसमेत रहेका शेरचनले भने, “पानी परिरहेको अवस्थामा कुनै पनि समय सडक अवरुद्ध हुन सक्छ यात्रा गर्नु पूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्नु उचित हुनेछ ।”

बेनी–दरवाङ सडक खण्डको बेनी नगरपालिका –४ धुमाउने भीर र मालिका गाउँपालिका –६ बाङ्गे पहिरोमा अति जोखिम अवस्था रहेको प्रहरीले जनाएको छ ।

Page Views: 102
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama