Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

माथिल्लो मर्स्याङ्दी ए बाट तीन अर्ब युनिट विद्युत उत्पादन

- shuvadmin / सोमबार, साउन २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

लमजुङ, लमजुङको मर्स्याङ्दी गाउँपालिका-८, भुलभुलेमा सञ्चालित ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाले तीन अर्ब युनिटभन्दा बढी विद्युत् उत्पादन गरेको छ ।

शुक्रबार साँझसम्ममा ३ अर्ब युनिट (किलोवाट/घण्टा) विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरेकोे आयोजनाले जनाएको छ ।

चीनको बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोपावर कम्पनीको ९० र नेपाली सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानीमा सन् २०१३ बाट निर्माण थालिएको आयोजनाबाट सन् २०१६ को सेप्टेम्बरमा विद्युत् उत्पादन भएको थियो ।

व्यवसायिक उत्पादन भने सन् २०१७ जनवरी १ गरिएको थियो ।

आयोजनाको उत्पादन प्रविधि विभाग प्रमुख तोङ चियाङ्पोले तीन अर्ब किलोवाट आवर विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए ।

वार्षिक ३ करोड ३५ लाख किलोवाट आवरको विद्युत् उत्पादनको अपेक्षाभन्दा माथि उठेर आयोजनाले ३ करोड ७३ लाख किलोवाट आवर विद्युत् उत्पादन गरेको उनले बताए ।

यस आयोजनाबाट नेपालको ऊर्जा क्षेत्रमा राम्रो योगदान दिएको उनले जानकारी दिए ।

रन–अफ–रिभर प्रकारको यो आयोजनाले सन् २०२४ मा ३७ करोड ४० लाख युनिट विद्युत् उत्पादन गरी वार्षिक उत्पादन योजनाको १०७ प्रतिशत लक्ष्य पूरा गरेको आयोजनाले जनाएको छ ।

त्यसमध्ये ३७ करोड २० लाख युनिट राष्ट्रिय ग्रिडमा आपूर्ति गर्दै वार्षिक सम्झौता उत्पादनको ११७.१ प्रतिशत उपलब्धि हासिल भएको आयोजनाको दाबी छ ।

आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ र पोखरा लगायतका क्षेत्रमा पठाइँदै आएको छ ।

जसले विशेषगरी सुख्खा मौसममा देखिने विद्युत् अभाव न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

आयोजनाले पछिल्लो आठ वर्षमा सुरक्षा तथा उत्पादनका दृष्टिले निकै सवल कार्य सम्पन्नता देखाएको आयोजनाका दोभाषे दयाराम दाहालले बताए ।

नेपाल विद्युत् प्राधिरणसँग २०५२ सालमा अमेरिकी डलर प्रति युनिट लागत ७ सेन्ट (७ रुपियाँ) मा खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो ।

आयोजना निर्माणका लागि करिब १६ अर्ब रुपियाँ लागेको निर्माण पक्षले जनाएको छ ।

आयोजनाले राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि २० किलोमिटर लामो १ सय २५ केभी प्रसारण लाइन आफै निर्माण गरेको थियो ।

आयोजनाले स्थानीय स्तरमा विकास निर्माणमा सहयोग गर्दै आएको छ ।

आयोजनाले स्थानीयले प्रयोग गर्न मिल्ने गरी तीनसय ४० मिटर लामो सुरुङ मार्ग, मर्स्याङ्दी नदीमा बेलिब्रिज, विभिन्न स्थानमा सडक आदि विकास निर्माण गरेको छ ।

सुरुङ मार्गले स्थानीयलाई आवतजावत गर्न मात्र हैन, पर्यटन प्रवर्धनमा समेत टेवा पुगेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

Page Views: 61
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama