काठमाण्डू, साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ ।
आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.२२ अंकले घटेर २ हजार ७५७.९७ विन्दूमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ४७४.२६ विन्दूमा झरेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता सेयर ५ अर्ब २ करोड १ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटाबाहेक अन्य सबैमा रातो पोतियो । आज निर्जीवन बीमा समूह मात्रै बढ्यो । यो समूह आज ०।१९ प्रतिशतले बढ्यो ।
व्यापार समूह आज सर्वाधिक अर्थात ०.८३ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.०३ प्रतिशत, विकास बैंक ०.६४, फाइनान्स ०.४७, होटल ०.६९, हाईड्रो ०.४१, लगानी ०.२०, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.०९, लघुवित्त ०.२१, म्युचुअल फण्ड ०.०६ र अन्य समूह ०.५८ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २४ करोड ९ लाख बढीको सेयर कारोबार भयो ।
नेपाल पुनर्बीमा कम्पनीको पनि आज २० करोड ९ लाख, बलेफि हाईड्रोको १४ करोड १९ लाख, बुटवल पावरको १३ करोड ४६ लाख र हिमालयन डिष्ट्रलरीको १३ करोड ८ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज विकाश हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो ।
सामुदायिक लघुवित्तको सेयरमूल्य पनि आज ५.३७ प्रतिशत, रसुवागढी हाईड्रोपावरको २.८६ र युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य २.६६ प्रतिशतले बढ्यो ।
जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ४.६५ प्रतिशतले घट्यो ।
यसैगरी सयपत्री हाईड्रोको सेयरमूल्य ४.५३ प्रतिशत र पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य ३.०८ प्रतिशतले घट्यो ।