Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रहेनन ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, गीतका गायक योगेश

- shuvadmin / शुक्रबार, माघ ०५, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौ, वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यको शुक्रबार बिहान निधन भएको छ ।

उनको सुन्धारास्थित काठमाडौं न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा निधन भएको हो ।

बासु शशी स्मृति परिषदका सचिव प्रद्युम्न जोशीका अनुसार बिहीबार बेलुका योगेशलाई अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

योगेश बासु शशी स्मृति परिषदका सल्लाहकार पनि हुन् । योगेश लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । गायक वैद्य ७७ वर्षका थिए ।

सचिव जोशीले योगेशको शवलाई अस्पतालबाट पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने जानकारी दिए । ‘

आजै पशुपतिमा हामी उहाँको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिनेछौं । त्यसपछि अन्त्येष्टि गरिनेछ’, उनले भने ।

योगेशको परिवारमा श्रीमति, एक छोरा र दुई छोरी छन् । किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी।।’ रेकर्ड गराएपछि उनी सांगीतिक क्षेत्रमा उदाएका थिए । त्यसपछि उनले एउटा नेवारी गीत पनि गाए, ‘जीवन जिगु।।।’ ।

योगेशले २०४४ सालमा गाएको गीत ‘सपना भुलाई सारा’ नेपाली गीत संगीतमा कालजयी गीत मानिन्छ ।

उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका गीत लोकप्रिय छन् ।

त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर गरेका योगेशले तीन दशकभन्दा बढी समय सहसचिवस्तरको प्राविधिक सरकारी सेवामा विताएका थिए।

Page Views: 24
संबन्धित शिर्षकहरु
कालीमाटीको नारायणी कम्पलेसमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा
महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै
नेपाल आर्ट एन्ड कल्चर महोत्सव भदौ २० देखि हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama