Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

- shuvadmin / सोमबार, कार्तिक ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली साहित्यका विराट प्रतीभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो।

उनले करिब दश वर्षको उमेरमै कविता लेख्न सुरु गरेका थिए।

देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन्।

उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन्। यी कृतिहरूका माध्यमबाट उनले नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाएका थिए।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्ने उनी नै हुन्। उनको प्रसिद्ध खण्डकाव्य ‘मुनामदन’ नेपाली भाषामा हालसम्म सबैभन्दा बढी विकिएको पुस्तक मानिन्छ।

स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किन्छ।

उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन देखिन्छ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका तीन महान् कवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त त्रिपाठी ‘निराला’को संयुक्त रूपसँग तुलना गरेका थिए।

नाट्यसम्राट बालकृष्ण समले भने देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मिएको बताएका थिए।

विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर उनले नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा योगदान दिएका थिए।

देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासलगायतका १५ जना गद्य लेखकका निबन्धहरू चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए।

वि.सं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री रहँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गरेका थिए।

वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा उनको सक्रिय योगदानलाई अविस्मरणीय मानिन्छ।

उनले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका थिए।

तुरुन्त कविता लेख्ने क्षमता उनका असाधारण विशेषतामध्ये एक मानिन्छ।

चरम आर्थिक अभाव र पारिवारिक वियोगबीच पनि उनले उच्चस्तरका साहित्य सिर्जना गरेर नेपाली साहित्यलाई समृद्ध पारे।

‘पागल’ कविताको अङ्ग्रेजी अनुवाद उनले आफैं गरेका थिए। उनले पाश्चात्य ग्रीक स्रोतबाट प्रेरित अनेकौँ गाथाको नेपालीकरण पनि गरेका थिए।

वि.सं २०२४ मा प्रकाशित ‘मायावीनी’, ‘सुन्दरी प्रोजर्पिना’ र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन्।

देवकोटाको कवि–प्रतिभा, रचनाको गुणात्मक मूल्य र योगदान आज पनि अद्वितीय मानिन्छ।

Page Views: 46
संबन्धित शिर्षकहरु
चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक
चलचित्र ‘मिरमिरे’को ट्रेलरमा बाल कलाकार
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama