Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

४२ प्रतिशत लाभांश दिने नर्भिक अस्पतालको घोषणा, २० प्रतिशत आईपीओ जारी गर्ने

- shuvadmin / शुक्रबार, भदौ ०६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, बीएलसी होल्डिङसले काठमाडौँको थापाथलीमा सञ्चालन गरिरहेको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले सेयरधनीलाई आकर्षक लाभांश दिने भएको छ।

बुधबार बसेको नर्भिकको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

नर्भिकले ४० प्रतिशत बोनस सेयर र २।१० प्रतिशत कर तिर्ने प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको हो।

गतवर्ष नर्भिकले सेयरधनीलाई २२.१ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिएको थियो। यो वर्ष हस्पिटलले चुक्ता पुँजी बढाउन बोनस सेयर दिने भएको हो।

लाभांश दिने प्रस्ताव पारित गर्न हस्पिटलले यही भदौ २९ गते साधारणसभा बोलाएको छ। सभाबाट पारित भएपछि बोनस सेयर वितरण हुनेछ।

सभाले जारी पुँजीको २० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्ने नर्भिक व्यवस्थापनले जनाएको छ।

आईपीओ जारी गर्नका लागि २०२१ जुलाई १७ मा नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ।

नर्भिकको बलियो ब्रान्ड छवि छ। स्वदेशी र अन्तर्राष्ट्रिय बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने आफूहरू देशकै पहिलो अस्पताल रहेको नर्भिकको दाबी छ।

अस्पतालमा इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ), न्यूरोलोजी, ग्यास्ट्रोएन्टेरोलजी, अर्थोपेडिक्स, क्रिटिकल केयर, नेफ्रोलोजी र ओन्कोलोजीलगायत सुविधा छन्।

सन् १९९३ मा उद्योगपति वसन्तकुमार चौधरीले ३० बेडसहित नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट यो अस्पतालको जग बसाएका थिए।

‘मल्टी स्पेसियालिटी’ हस्पिटल बनेको नर्भिकले अहिले ११५ बेडबाट सेवा दिँदै आएको छ।

साढे दुई अर्ब लगानीमा क्षमता विस्तार

नर्भिक इन्टरनेसनलले २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ लगानीमा सेवा विस्तार गरिरहेको छ।

सन् २०२३ देखि नयाँ भवनको निर्माण कार्य जारी छ, जसमा २१ प्रतिशत स्वपुँजी र ७९ प्रतिशत बैंकको ऋण लगानी छ।

नर्भिकले ५० करोड रुपैयाँ स्वपुँजी (इक्विटी) र बैंकको ऋण १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ लगानी रहेको छ।

निकट भविष्यमा नै नर्भिकले अस्पतालको क्षमता बढाएर २ सय बेड पुर्‍याउने भएको छ। नर्भिककले ओपीडी र आईपीडीका लागि क्षमता विस्तार थालेको हो।

पूर्व घोषणाअनुसार नर्भिकले अहिलेको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न ८ तले भवन निर्माण गरिरहेको छ। भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सनले बनाइरहेको छ। नयाँ भवन ‘कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्ट’ सहितको आधुनिक र सुविधासम्पन्न हुने नर्भिकले जनाएको छ।

कूल १ लाख ६५ हजार वर्गफिटमा आधुनिक भवन बन्ने छ। नर्भिकमा बिएलसी होल्डिङको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत वसन्त चौधरीको स्वामित्व छ।

पछिल्लो समय अस्पतालमा निजी लगानी बढ्दै गएको छ। अर्बौं रुपैयाँ लगानीमा मल्टिस्पेसियालिटी सुविधासहितको अस्पताल सञ्चालनमा आउँदैछन्।

अस्पतालहरू धितोपत्र बजारमा पनि जान थालेका छन्। यसअघि ह्याम्स हस्पिटलले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।

Page Views: 98
संबन्धित शिर्षकहरु
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
रुकुममा जिप दुर्घटना ८ जना घाइते
विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
ताजा अपडेट
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते
  • विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama