Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वीरगन्जमा हैजाको संक्रमणबाट ३ जनाको निधन भएपछि स्वास्थ्य मन्त्रालयले पठायो चिकित्सकको टोली

- shuvadmin / आइतबार, भदौ ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्ज महानगरपालिकाभित्र फैलिएको हैजा संक्रमण नियन्त्रण गर्न चिकित्सक र परीक्षण किट बढाएको जनाएको छ।

वीरगन्ज हैजा संक्रमणबाट ३ जनाको मृत्यु भएपछि मन्त्रालयले परीक्षण र उपचार बढाएको जनाएको छ।

मन्त्रालयअन्तर्गतको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ३६ जनामा हैजा संक्रमण पुष्टि भएको छ।

महाशाखाका निर्देशक डा.चन्द्रभाल झाले हैजाको आशंकामा १२९ उपचार भइरहेको बताए।

‘१२९ जनामा झाडापखाला देखिएको छ। झाडापखाला देखिएका सबैको अस्पतालमा उपचार भइरहेको छ’ उनले भने ‘उनीहरूमा पनि हैजाको परीक्षण हुन्छ।’

निर्देशक झाका अनुसार ८० जनाको आइसीयू र एचडीयू कक्षमा उपचार भइरहेको छ। गतसाउन २८ गतेदेखि हैजा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।

हैजा संक्रमण फैलिन थालेपछि आज स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालका पदाधिकारी आज वीरगन्ज जादै छन्।

महाशाखाका निर्देशक झाले आफूहरू निरन्तर सम्पर्क रहेको र अवस्था बुझन वीरगन्ज जान लागेको बताए।

‘उपचारको व्यवस्था मिलाउन, परीक्षण बढाउन मन्त्रालय, ईडीसीडीको टोली जादौँ छौँ। छिटै परीक्षण बढाएर उपचारको दायरामा ल्याउन सकियो भने नियन्त्रण गर्न सकिन्छ,’ उनले भने।

वीगन्जमा कसरी हैजा संक्रमण फैलियो भने बारे अनुसन्धान भईरहेको महाशाखाका निर्देशक डा झाले बताए।

दुषित पानी र खानाबाट सर्ने हैजा संक्रमण ‘भिव्रियो कोलरी’ नामक ब्याक्टेरियाको कारण सर्छ। ब्याक्टेरियाले सानो आन्द्रामा असर गरी शरीरले धेरै मात्रामा पानी निकाल्छ।

त्यसले लगातार पखाला लाग्ने हुन्छ। गम्भीर अवस्थामा शरीरबाट धेरै मात्रामा नुन तथा तरल पदार्थ बाहिर निस्किन्छ। शरीरमा पानीको मात्रा असाध्यै कम भई मानिसको मृत्यु नै हुन सक्छ।

सङ्क्रमण भएको १२ घण्टादेखि ५ दिनभित्र लक्षण देखिन्छ। महानगरको वडा नम्बर ३, ११, १२, १३, १६ मा संक्रमण देखिएको छ।

कुन अस्पतालमा कति बिरामी ?

नारायणी अस्पतालमा लक्षिण मिल्दोजुल्दो ३३ बिरामी भर्ना भएकोमा १३ जनामा संक्रमण पुष्टि भइसकेको छ।

तराई हस्पिटलमा ३५ जना भर्ना हुँदा १२ जनामा संक्रमण, भवानी हस्पिटलमा २ जर्ना भर्ना हुँदा २ जनामै संक्रमण, वीरगन्ज हेल्थ केयरमा १४ जना भर्ना भएका छन्।

अलि अर्थो हस्पिटलमा २ जना भर्ना २ जनामै संक्रमण, नेशनल मेडिकल कलेजमा १४ जना भर्ना हुँदा ५ जनामा संक्रमण पुष्टि भइसकेको छ।

त्यस्तै एड्भान्स हस्पिटलमा १५ जना भर्ना, सूर्य हस्पिटलमा १, सर्वोत्तम हस्पिटल ४, आश्रम हस्पिटलमा २, प्रभु हस्पिटलमा ४, निलकण्ठ अस्पिटलमा ३ जना भर्ना भएका छन्। मंगलम हस्पिटलमा पनि २ संक्रमण पुष्टि भएका बिरामी उपचार जारी छ।

Page Views: 35
संबन्धित शिर्षकहरु
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
हावाहुरीसहित वर्षाकाे सम्भावना
ताजा अपडेट
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama