Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पोखराको आर्बामा बस दुर्घटना, २१ जना घाइते

- shuvadmin / सोमबार, भदौ ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

लेखनाथ, कास्कीको पोखरा महानगरपालिका १३ आर्बामा नगर बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

सोमबार बिहान पौने १० बजेतिर आर्बाबाट पोखरा आउने क्रममा ग१ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनापछि घाइतेहरुलाई तत्कालै उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो ।

घाइतेमध्ये एघार जना डिस्चार्ज भइसकेका छन् भने अरुको उपचार जारी छ ।

नगर बसका चालक ४२ वर्षीय तेजबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

“दुर्घटनामा चार जना मध्यम घाइते र अरु सामान्य घाइते हुनुभएको छ,” बस्नेतले भने, “ओरालो बाटोमा नियन्त्रण गुमाएको देखिन्छ ।

कारणबारे अनुसन्धान जारी छ ।” बसमा ३० जनाभन्दा बढी यात्रु सवार रहेको र बाँकी यात्रु सकुशल रहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

Page Views: 79
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama