Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्वास्थ्य बीमा कार्यक्रममा प्रदेश र स्थानीय सरकारको साथ चाहियो: मन्त्री पौडेल

- shuvadmin / मङ्गलबार, भदौ १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पोखरा, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य वीमा कार्यक्रमलाई संघ सरकारले मात्र थेग्न नसकेको भन्दै प्रदेश र स्थानीय सरकारको साथ खोजेका छन्।

मंगलबार तनहुँको बेलचौतारास्थित वीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय मेडिकल अभिलेख प्रणालीको शुभारम्भ गर्दै मन्त्री पौडेलले बजेट अभावमा अस्पताललाई वीमा बापतको रकम भुक्तानी गर्न नसकिएको जानकारी गराए।

उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल पार्न प्रदेश र स्थानीय सरकारले पनि लगानी गर्नुपर्ने बताए।

सबै पालिकाले, प्रदेशले बीमाको प्रस्तावित कार्यक्रमलाई समर्थन गरिदिनुस्। समर्थन गरिदिनुभो भने बिमाले एकैपटक एक खर्ब आम्दानी गर्न सक्छ’, उनले भने।

स्वास्थ्य बीमाका लागि २९ अर्ब रुपैयाँ खर्च हुने भएपनि चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले १० अर्ब मात्रै विनियोजन गरेको उनले बताए।

जनप्रतिनिधि र कर्मचारीको तलबको एक प्रतिशत रकम बीमा बोर्डमा जाने र सरकारले त्यति नै रकम थपिदिने व्यवस्था गर्नुपर्ने उनको तर्क छ।

‘तलबको एक प्रतिशत झिक्दा कसैलाई केही फरक पर्छ ? अरुका लागि होइन आफ्नै लागि हो’, मन्त्री पौडेलले भने।

उनले आफूले गरेको प्रस्तावमा आमसमर्थन नभएको भन्दै गुनासोसमेत व्यक्त गरे।

Page Views: 102
संबन्धित शिर्षकहरु
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
रुकुममा जिप दुर्घटना ८ जना घाइते
विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
ताजा अपडेट
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते
  • विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama