Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

डडेल्धुरा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुग्यो

- shuvadmin / शुक्रबार, भदौ १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

धनगढी, डडेल्धुरामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ।

बिहीबार बिहान नवदुर्गा गाउँपालिका–५ स्थित चौडमा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

यस्तै दुर्घटनामा घाइते भएका ४२ वर्षका गणेशबहादुर साउदको पनि बिहीबार राति धनगढीको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक डम्बरबहादुर विष्टका अनुसार घाइते अरू तीन जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै जीप चालक ३५ वर्षका रामबहादुर साउदलाई थप उपचारका लागि भारतमा लगिएको छ। यस्तै दुर्घटनामा घाइते ७ वर्षकी सुस्मिता पार्की डडेल्धुरा अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

दुर्घटनामा परेर घटनास्थलमै ज्यान गुमाउनेहरूमा नवदुर्गा गाउँपालिका–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउँद रहेका छन्।

ठाँटाबजारबाट जिल्ला सदरमुकामतर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप भित्री कच्ची सडक खण्डबाट करिब २५० मिटर तल खसेको थियो।

Page Views: 58
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama