Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मुस्ताङमा उच्च घनत्वको स्याउ उत्पादन दश प्रतिशतले बढ्यो

- shuvadmin / आइतबार, भदौ २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मुस्ताङ, यस वर्ष मुस्ताङमा उच्च घनत्वको (हाइब्रिड)को उत्पादन करिब १० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

स्याउ उत्पादनमा नेपालमै ‘हब’का रूपमा परिचित मुस्ताङका कृषक उच्च घनत्वको स्याउ खेतीमा आर्कषित भएसँगै गत वर्षको तुलनामा उत्पादन बढेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत वर्ष मुस्ताङबाट १२ सय ५० मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष १३ सय ७५ मेट्रिक टन स्याउ फलेको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरूङले बताए ।

प्रमुख गुरूङले भने, ‘‘यसपटक उच्च घनत्वको स्याउको उत्पादन बढेसँगै बजारमा पनि सहजै पाइन्छ, कृषकले बारीमै राम्रो मूल्यमा बिक्री गर्नुभएको छ ।’’

जिल्लाभर ६० हेक्टरमा उच्च घनत्व प्रविधिमा आधारित९हाइब्रिड०स्याउखेती गरिएकामा यसवर्ष ५० हेक्टर क्षेत्रफलमा उत्पादन दिएको छ ।

छिटो गुलियो पसेकाले यसपटक भदौ ५ गते गाला र किङरोड जातको स्याउ भदौ १५ गतेदेखि टिपेर बजारमा बिक्री भइरहेको छ ।

कृषकले उच्च घनत्वको स्याउको गाला, किङरोड जाताको स्याउलाई बगैँचामै प्रति केजी साढे २ सय रुपियाँमा व्यापारीलाई बिक्री गरिरहेका छन् ।

गतवर्ष १ सय ९० रुपियाँमा बिक्री गरिएको थियो । जिल्लामा कर्म गुरुङ, निरज तुलाचन, सरोज तुलाचन सहित करिब १ सय कृषकले उच्च घनत्वको स्याउ खेती गरेका छन् ।

प्रति हेक्टर २५ मेट्रिक टनसम्म उत्पादन हुन्छ । कृषि ज्ञान केन्द्र, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याउ जोन (मुस्ताङ),स्थानीय कृषक, समूह, सहकारी संस्था र स्याउ फार्मका साथै स्थानीय सरकारले समेत उच्च घनत्वको स्याउ खेतीलाई प्रोत्साहन गरेका छन् ।

हालसम्म मुस्ताङबाट उच्च घनत्वको स्याउ उत्पादनको करिब ८ प्रतिशत बजारमा गइसकेको छ ।

मुस्ताङमा रैथाने स्याउ रोयल, रेड, रिचारेड र गोल्डेन स्याउ र फुजी स्याउ उत्पादन गर्दै आइरहेका छन् ।

आकार र प्रकारका हिसाबले पनि गुणस्तरयुक्त रहेको मुस्ताङमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने स्थानीय जातको स्याउ भदौको २५ गते टिपेर बजारमा लैजाने कार्यतालिका रहेको छ ।

यस वर्ष अनुकुल मौसमसँगै बगैँचा व्यवस्थापन, रोग कीराको समस्या कम रहेको अवस्थामा उत्पादन बढ्ने र ढुवानी समेत समयमै हुने भएको छ ।

मुस्ताङमा स्थानीय स्याउ ८ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५६६ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले ६ हजार ७८ मेट्रिक्टन स्याउ उत्पादन उत्पादन हुने लक्ष्य राखिएको छ ।

प्रति हेक्टर १०.७४ मेट्रिक्टन स्याउ उत्पादन हुन्छ । त्यसैगरी उच्च घनत्वको स्याउ खेती ६० हेक्टर क्षेत्रफलमा फैलिएकोमा ८ हजार ४ सय ९६ मेट्रिक्टन स्याउ उत्पादान हुने अनुमान गरिएको छ ।

Page Views: 115
संबन्धित शिर्षकहरु
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama