Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मिथिलाञ्चलमा पितृ तर्पण, भोलिदेखि पितृ पक्ष

- shuvadmin / आइतबार, भदौ २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम, भाद्र पूर्णिमाको अवसरमा आइतबार मिथिलाञ्चलभर दिवंगत पुर्खाको आत्माको शान्ति र मोक्षको कामना गर्दै तर्पण गरिएको छ ।

विशेषगरी धार्मिक एवं सांस्कृतिक नगर जनकपुरधामस्थित गंगासागर पोखरीमा बिहानैदेखि श्रद्धालुको उल्लेख्य भिड देखिएको छ ।

काँक्रो, अक्षता र फूलमाला बोकेर आएका श्रद्धालुहरूले पोखरीमा स्नान गरी आफ्नो कुल, गोत्र र पितृको नाम स्मरण गर्दै जल अर्पण गरेका थिए ।

चामल, तिल र काँक्रो अर्पण गरी आफ्ना पुर्खालाई सम्झिने यो दिनले धार्मिक महत्त्व बोकेको छ ।

यस दिन गरिने तर्पणले पितृ आत्मा प्रशन्न भई परिवारमा सुख–शान्ति स्थापित हुन्छ र पितृ दोष लाग्दैन भन्ने धार्मिक मान्यता छ ।

जनकपुरधामका पण्डित राधाकान्त झाका अनुसार भाद्र पूर्णिमामा विशेषगरी अगस्त मुनिलाई तर्पण गर्ने धार्मिक परम्परा छ ।

1000026483

अगस्त मुनि पितृहरूको अग्रज मानिने उनले बताए । यही दिनपछि आश्विन कृष्ण पक्ष प्रतिपदादेखि १६ दिन लामो पितृ पक्ष अर्थात् पार्वण पर्व शुरु हुन्छ ।

आजको दिन जनकपुरधाम मात्र नभइ धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सालगायत जिल्लाका नदी, ताल र पोखरीहरूमा समेत तर्पण गरिएको छ ।

महोत्तरीको बरुणसर पोखरी, सिरहाको कमला नदी, सप्तरीको कमलदह र बागमती नदी किनारमा श्रद्धालुहरूको भिड लागेको थियो । गाउँघरमा पनि परिवारका सदस्यले नजिकैको पोखरी वा नदीमा स्नान गरी सामूहिक पूजा गर्ने परम्परा छ ।

पण्डित मुकेश झाका अनुसार पितृ तर्पणसँगै दान दक्षिणाको पनि विशेष महत्त्व हुन्छ ।

आज धेरै श्रद्धालुहरूले अन्न, फलफूल, दक्षिणा दान गरेका छन् भने कतिपय परिवारले गरिब र विपन्नलाई भोजन वितरण गरेका छन् ।

धार्मिक विश्वासअनुसार यसरी गरिएका दानले पितृ आत्मा प्रशन्न हुन्छ । भोलिदेखि शुरु हुने पितृ पक्ष (पार्वण पर्व) आश्विन कृष्ण पक्षको प्रतिपदादेखि अमावस्यासम्म चल्नेछ ।

यस अवधिमा दिवंगत पितृलाई सम्झेर तिथिअनुसार श्राद्ध, पिण्डदान र तर्पण गर्ने परम्परा छ ।

1000026481 (1)

धर्मशास्त्रअनुसार पितृ पक्षलाई पितृ ऋण तिर्ने उत्तम अवसर मानिन्छ । पितृलाई सम्झेर श्राद्ध गर्ने परिवारमा सन्तान वृद्धि, सुख–समृद्धि हुन्छ भन्ने जनविश्वास छ ।

जनकपुरधामको गंगासागरलाई पितृ तर्पणका लागि पवित्र स्थल मानिन्छ ।

जनश्रुतिअनुसार त्रेतायुगमा भगवान राम, सीता र ऋषि–मुनिहरूले यही पोखरीमा स्नान गरी पितृलाई तर्पण गरेका थिए ।

यही कारण यहाँ भाद्र पूर्णिमा र पितृ पक्षमा विशेष चहलपहल हुन्छ ।

Page Views: 114
संबन्धित शिर्षकहरु
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama