Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतमा जीप दुर्घटनामा परेर सल्यानका चार जनाको मृत्यु

- shuvadmin / मङ्गलबार, भदौ ३१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सल्यान, भारतमा रोजगारीका सिलसिलामा गएका सल्यानका चार जनाको जीप दुर्घटनामा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्लाको कुमाख गाउँपालिका–४ बस्ने जिल्लाका एकै गाउँका ४ जनाको हिमाचल प्रदेशको सिम्ला जिल्ला, कोटखाइमा पिकअप जीप दुर्घटना हुँदा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३६ वर्षीय राजेश विष्ट, ४८ वर्षीय डिल्ली शाही, ३७ वर्षीय एकेन्द्र शाही र २६ वर्षीया लक्ष्मी शाही रहेको कुमाख–४ का वडाध्यक्ष शोभिलाल बस्नेतले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा सोही गाउँका २६ वर्षीय हिमबहादुर शाही, ३६ वर्षीय नेवबहादुर शाही र २२ वर्षीय हेमन्त शाही रहेका छन् ।

आइतबार बिहान करिब ९ बजे डेराबाट एक घण्टाको दूरीमा काममा जाँदै गर्दा एचपी ६३–७८९७ नम्बरको पिकअप जीप भीरमा खस्दा दुर्घटना भएको हो।

गत साउनमा रोजगारीका लागि भारत पुगेका उनीहरू दुर्घटनामा ज्यान गुमाएपछि गाउँ शोकमा डुबेको वडाध्यक्ष बस्नेतले बताउनुभयो ।

तीन जना मृतक एकै परिवारका हुन्। प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा गाडी दुर्घटनामा परेको हो।

लक्ष्मी शाहीलाई गम्भीर घाइते अवस्थामा अस्पताल पुर्‍याइएको थियो तर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, गम्भीर घाइते डिल्ली शाहीलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएको थियो ।

तर, उपचारका क्रममा उनको पनि मृत्यु भयो । घाइते दुई जनालाई उपचारपछि कोटखाइ स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ। शवलाई पोस्टमार्टमपछि नेपाल ल्याउने पहल भइरहेको जनाइएको छ।

घटनापछि भारतीय प्रहरीको तर्फबाट भारतीय न्याय संहिताको धारा १०६ अन्तर्गत ‘लापरबाहीका कारण मृत्यु’ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले जानकारी दिएका छन्।

यसैबिच, हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उहाँले शोकसन्तप्त परिवारसँग सरकार सधैं रहने र आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिए ।

शिक्षा मन्त्री तथा कोटखाइ क्षेत्रका सांसद रोहित ठाकुरले पनि दुर्घटनाप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन् ।

Page Views: 104
संबन्धित शिर्षकहरु
नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
ताजा अपडेट
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama