Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सोफा हब काठमाडौंले शुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार

- shuvadmin / बिहिबार, असोज ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, दशैँ–तिहारलाई लक्षित गर्दै नेपालकै अग्रणी सोफा तथा गृहसज्जा उत्पादन गर्ने संस्था सोफा हब काठमाडौं ले उपभोक्तालाई आकर्षित गर्ने गरी विशेष योजना सार्वजनिक गरेको छ।

कम्पनीले सुरु गरेको ‘दशैँ–तिहार झटका अफर’ मार्फत ग्राहकले विदेश भ्रमणदेखि हात खाली नजाने विभिन्न उपहार पाउने अवसर प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार यस अफरमा सहभागी हुने ग्राहकका लागि विभिन्न आकर्षण छन्।

सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण पाउनेछन् भने अरूले हात खालि नजाने उपहार प्राप्त गर्नेछन्।

साथै, सबै ग्राहकलाई छुट, ग्यारेन्टी तथा निःशुल्क सेवा सुविधासमेत उपलब्ध गराइनेछ।

थाइल्यान्ड भ्रमणको विशेष अवसर

सोफा हब काठमाडौंले ल्याएको अफर अन्तर्गत १० जना भाग्यशाली ग्राहकलाई चिठ्ठामार्फत थाइल्यान्ड भ्रमण गर्ने अवसर प्रदान गरिनेछ।

कम्पनीले यो योजनाले दशैँ–तिहारलाई अझ रमाइलो र स्मरणीय बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।

थाइल्यान्ड भ्रमणको अवसरलाई कम्पनीले आफ्नो ‘ग्राहकलाई सम्मान गर्ने नीति’ को हिस्सा भनेको छ।

गुणस्तरीय उत्पादन खरिदसँगै विदेशी यात्रा गर्ने अवसर पाउनु उपभोक्ताका लागि अभूतपूर्व अनुभव हुने कम्पनीको दाबी छ।

‘Scratch Card’  मार्फत हात खाली नहुने व्यवस्था

ग्राहकलाई हात खाली नहोस् भन्ने उद्देश्यले यसपालि‘Scratch Card योजना’ ल्याइएको छ।

३५ हजार रुपैयाँको सोफा खरिद गर्दा सोही मूल्य बराबरको फ्रिज उपहार दिइनेछ।

त्यस्तै, क्अचबतअज कार्ड मार्फत फ्रिज, बिजुलीको केतली, भात पकाउने भाँडो, हिटर, तातो–चिसो दुवै पानी राख्ने बोतल लगायतका उपहार जित्ने अवसर पनि ग्राहकलाई हुनेछ।

यस योजनाले सामान्य खरिदलाई विशेष बनाउन सहयोग गर्ने कम्पनीको भनाइ छ।

सामाजिक सञ्जालमार्फत सोफा जित्ने मौका

सोफा हब काठमाडौंलाई टिकटक, फेसबुक, इन्स्टाग्राम तथा युट्युब जस्ता सामाजिक सञ्जालमा पछ्याउने मध्य एक जना भाग्यशाली विजेताले रु। ६५ हजार बराबरको सोफा निःशुल्क प्राप्त गर्नेछन्।

कम्पनीले यस योजनामार्फत सामाजिक सञ्जालमा आफ्ना ग्राहकसँग अझ नजिक हुने र ग्राहकलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्य राखेको जनाएको छ।

छुट, ग्यारेन्टी तथा अन्य सुविधा

दशैँ–तिहार अवधिभर कम्पनीले ग्राहकलाई थप आकर्षक सुविधा दिने घोषणा गरेको छ।

नेपालभर निःशुल्क सामान पुर्‍याउने व्यवस्था

सोफा तथा फर्निचरका सामग्रीमा ५० प्रतिशतसम्म छुट

खरिद गरिएका उत्पादनमा २० वर्षसम्मको ग्यारेन्टी

ग्यारेन्टी अवधिभित्र समस्या देखिएमा सोफा मर्मत वा प्रतिस्थापन सुविधा

कम्पनीले लामो समय टिक्ने उत्पादन मात्र नभई खरिदपछि पनि ग्राहकलाई सहज हुने गरी सेवा–सुविधा दिने गरेको दाबी गरेको छ।

आधिकारिक शाखाबाट मात्र खरिद गर्न आग्रह

हाल सोफा हब काठमाडौंका नेपालभर १० वटा शाखा सञ्चालनमा रहेका छन्। कम्पनीले ग्राहकलाई आधिकारिक शाखाबाट मात्र खरिद गर्न अनुरोध गरेको छ।

कम्पनीका अनुसार सबै शाखामा एउटै चिन्ह प्रयोग गरिएको भए पनि चितवन शाखामा भने चिन्ह केही फरक छ।

त्यसैले ठगीबाट जोगिन चिन्ह अनिवार्य रूपमा जाँच गर्न आग्रह गरिएको छ।

यसरी, ग्राहकलाई सजग रहन र आधिकारिक शाखाबाट मात्र खरिद गर्न कम्पनीले निरन्तर सचेतनामूलक सन्देश दिँदै आएको छ।

नेपालकै विश्वासिलो ब्रान्ड

स्थापना कालदेखि नै गुणस्तरीय सामग्री, दीर्घकालीन टिकाउपन, आधुनिक डिजाइन र उत्कृष्ट ग्राहक सेवाका कारण सोफा हब काठमाडौं उपभोक्तामाझ नेपालकै विश्वासिलो ब्रान्ड बनेको छ।

देशभर हजारौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको यस कम्पनीले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थदेखि लिएर डिजाइन र मर्मतसम्म उच्चतम मापदण्ड पालना गर्दै आएको जनाएको छ।

यसैका आधारमा सोफा हब काठमाडौंले बजारमा आफ्नो स्थान मजबुत बनाएको छ।

कम्पनीका अनुसार यसपटकको ‘दशैँ–तिहार झटका अफर’ उपभोक्तामुखी योजनामध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो तथा आकर्षक योजना हो।

Page Views: 65
संबन्धित शिर्षकहरु
अशक्त माइलीलाई घरमै नागरिकता
भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
सुनको मूल्य ओरालो तर्फ
ताजा अपडेट
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama