Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लगातारको पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा

- shuvadmin / सोमबार, असोज ०६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, लगातारको पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका- ६ स्थित तुइन खोलामा पहिरो खस्ने क्रम नरोकेपछि आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिएको थियो।

त्यसअघि शुक्रबार साँझदेखि नै सडक अवरुद्ध बनेको भएपनि आइतबार दिउँसो अबेर एकतर्फी सञ्चालनमा ल्याइएको थियो।

सोमबार राति ८ बजे पुनः पहिरो खसेपछि रातभर सफाइ कार्य गरेर बिहान यातायात सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

प्रहरीका अनुसार सडक खण्डमा सवारीसाधनको चाप बढी भएकाले चालकहरूलाई आफ्नो लेनमै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।

दुई दिनदेखि बाटोमै अलपत्र परेका यात्रु अहिले गन्तव्यतर्फ लाग्न थालेका छन्।

मुग्लिन-नारायणगढ सडकमार्गमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन गुड्ने गर्दछन्।

सडक दुईतर्फी सञ्चालन नहुँदासम्म यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

Page Views: 63
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama