Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, जेठ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

केरा किसान आन्दोलित, माग सम्बोधन नभए सडकमा केरा फाल्ने चेतावनी

- shuvadmin / मङ्गलबार, असोज ०७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पश्चिम नवलपरासी, भारतबाट ठूलो परिमाणमा केरा आयात भएपछि स्वदेशी उत्पादनले बजार नपाएको भन्दै पश्चिम नवलपरासीका केरा किसान आन्दोलित भएका छन् ।

नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लक्खु प्रसाद यादवका अनुसार संघले माग सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

भारतबाट ठूलो परिमाणमा सस्तो केरा आयात हुन थालेपछि पश्चिम नवलपरासीका केरा किसानहरू गम्भीर आर्थिक सङ्कटमा परेका छन् ।

आफ्नो उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै नवलपरासी केरा उत्पादक संघले चरणबद्ध आन्दोलन शुरु गरेको छ ।

किसानहरूले भारतीय केरा आयात रोक्ने उद्देश्यले आन्दोलनका क्रममा भारतीय नम्बर प्लेटका कुनै पनि केरा बोकेका गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

यो कदम उनीहरूले आफ्नो उत्पादनले उचित बजार नपाएको विरोधमा चालेका हुन् ।

किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य र बजार नपाउँदा ठुलो नोक्सानी व्यहोर्नुपरेको भन्दै यदि माग सुनुवाइ नभए केरा सडकमै फ्याँक्ने लगायतका कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने चेतावनी समेत दिइएको छ ।

केरा उत्पादक संघकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आन्दोलनबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष यादवका अनुसार हामीले पटक–पटक सरकारलाई आग्रह गर्दा पनि समस्या समाधानको पहल नहुनु दुःखद हो ।

यदि तत्काल भारतबाट हुने केरा आयात नियन्त्रण गरी स्वदेशी उत्पादनको बजार व्यवस्थापन नगरिए सम्पूर्ण केरा उत्पादक, व्यापारी र उपभोक्तालाई समेटेर निर्णायक आन्दोलन गर्ने घोषणा गरिएको छ ।

संघले सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिए पनि त्यसको कार्यान्वयन नहुँदा किसानहरू मारमा परेको बताएको छ ।

संघका अनुसार पटक–पटक सम्बन्धित सरकारी निकायमा आग्रह गर्दा पनि समस्या समाधानका लागि कुनै सुनुवाइ भएको छैन ।

विगत ६ महिनाभन्दा बढी समयदेखि समस्या समाधानका लागि पहल गर्दै आए पनि बेवास्ता गरिएको किसानहरूको गुनासो छ ।

जिल्लाको गण्डक कमाण्ड क्षेत्रमा १८२५ बिघा क्षेत्रफलमा केरा खेती गरिएको छ, जसमा कुल ३७४० घरधुरी संलग्न छन् ।

Page Views: 48
संबन्धित शिर्षकहरु
स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
ताजा अपडेट
  • स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
  • गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
  • ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
  • कुक फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर
  • आमाको नामबाट चार महिनामा २०९ जनालाइ नागरिकता
  • गाउँपालिकाद्वारा विद्यार्थीलाई ल्यापटप सहित सम्मान
  • देशभरिका अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट घोषित

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama