Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तुइन खोलाको पुल नजिक खसेको भीषण पहिरो पन्छाएपछि दुईतर्फी रुपमा सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडक

- shuvadmin / शुक्रबार, असोज १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, चितवनको इच्छाकामना गाउँपालिका- ५ तुइन खोलाको पुल नजिक खसेको भीषण पहिरो पन्छाएपछि ५६ घण्टापछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी आवतजावतका लागि खुलेको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार साँझ ४:५० बजे खसेको यो हालसम्मकै ठूलो पहिरो बिहीबार राति १०:२३ बजेसम्म पूर्णरूपमा पन्छाइएपछि राति १०:३५ बजेदेखि यातायात सञ्चालनमा ल्याइएको हो।

बुधबार बिहानदेखि शुरु गरिएको काममा पाँचभन्दा बढी डोजर प्रयोग गरी १६० मिटर लामो पहिरो पन्छाइएको थियो।

काम सहज बनाउन बिहीबार साँझदेखि फ्लड लाइट जडान गरी रातिसम्म निरन्तर पहिरो हटाउने कार्य जारी राखिएको थियो।

सडक अवरुद्ध हुँदा यात्रुहरू लामो समय अलपत्र परेका थिए। विशेषगरी दशैंमा गन्तव्यतर्फ लागेका यात्रुहरू राजमार्गमै रोकिन बाध्य भएका कारण ठूलो समस्या भोग्नुपर्‍यो।

सडक खुले पनि लामो जाम हट्न केही समय लाग्ने भएकाले आवागमन तत्काल सहज हुने अनुमान छैन।

काठमाडौंलाई जोड्ने मुख्य राजमार्ग पहिरोका कारण बारम्बार अवरुद्ध हुने गरेको छ।

तुइन खोलाको पुल नजिक यसअघि पनि पटक–पटक पहिरो खस्ने समस्या दोहोरिँदै आएको छ।

Page Views: 73
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama