Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लुम्बिनीमा मन्त्रीका सल्लाहकार र सांसदका स्वकीय हट्दा नै घट्न सक्छ १४ करोड खर्च

- shuvadmin / शुक्रबार, असोज १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बुटवल, खर्चमा मितव्ययिता अपनाउन भन्दै संघीय सरकारले जनप्रतिनिधिका सचिवालय र स्वकीय सचिवको सुविधा खारेज गर्ने गरी गरेको निर्णय कार्यान्वयन भए प्रदेश तहमा पनि ठूलो खर्च कटौती हुने देखिएको छ ।

अर्थ मन्त्रालयको निर्णयानुसार प्रदेश तथा स्थानीय तहले स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न पाउने छैनन् ।

यस्तै, प्रदेशसभाका सदस्यलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने र सरकार तथा प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रदेश तथा स्थानीय तहका पदाधिकारीका लागि सल्लाहकार नियुक्त गर्न पनि पाइने छैन ।

अनावश्यक खर्च नियन्त्रण गर्ने गरी अन्तरिम सरकारको निर्णयबारे अर्थ मन्त्रालयले पठाएको परिपत्र लुम्बिनी आइपुगेको छ ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगर प्रदेशको ऐनमा भएको अनुसूची संशोधन गरेर सुविधा हेरफेर गर्न सकिने बताउँछन् ।

‘संघीय सरकारको क्याबिनेटले गरेको निर्णय अर्थ मन्त्रालयले कार्यान्वयनका लागि सकुर्लर गरेको हो,’ सचिव पुनले भने, ‘संविधानले दिएको अधिकार अनुसार प्रदेशले ऐन बनाएर सुविधा दिएको हो ।

प्रदेशले पनि अब कानूनी हिसाबले संघले जस्तै अनुसूचीलाई संशोधन गरेर सुविधा हटाउन पनि सक्छ ।’

लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य छन् । सबै सांसदलाई नायब सुब्बा (नासु)सरहको सुविधा पाउने गरी स्वकीय सचिव राख्न दिने सुविधा

यो खर्च कटौती भएर प्रदेशसभाका सांसदका स्वकीयलाई जाने झण्डै ४ करोड रूपैयाँ वार्षिक रूपमा बचत हुन्छ ।

सांसदका अधिकांश स्वकीय विज्ञ र क्षमतावान हुनुपर्ने भएपनि परिवार सदस्यलाई राख्ने गरेको आरोप लाग्दै आएको छ ।

त्यसैगरी, प्रदेश सरकारका मुख्यमन्त्रीको सचिवालयमा एक दर्जनभन्दा बढी सदस्य रहने गरेका छन् ।

वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले चारजना विज्ञसहित १४ सदस्यीय जम्बो सचिवालय राखेका छन् ।

त्यस्तै, १२ सदस्यीय मन्त्रिमण्डलमा पनि कार्यकर्तालाई कम्प्युटर अपरेटर र स्वकीयका नाममा भर्ती गरिँदै आएको छ ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारले राज्यमन्त्रीसरह र विज्ञले उपसचिव तहको सेवा सुविधा लिने गरेका छन् ।

त्यस्तै, प्रदेश प्रमुखका पनि प्रेस सल्लाहकार, कानूनी सल्लाहकारदेखि स्वकीयसम्म गरी दर्जन बढीको सचिवालय बनाएर सेवा सुविधा दिइँदै आएको छ ।

सभामुखले पनि प्रेस सल्लाहकारसहित सचिवालय राख्ने गरेका छन् । मन्त्रीका स्वकीयले चारदेखि दुई पाङ्ग्रे गाडी समेत प्रयोग गर्दा इन्धनमा समेत ठूलो रकम खर्च हुने गरेको छ ।

कार्यकर्तालाई कम्प्युटर अपरेटरमा नियुक्ति दिएर सचिवमा काममा लगाउने गर्छन् ।

अनुगमन र कार्यक्रम उद्घाटनकै नाममा हरेक दिन मुख्यमन्त्रीको टीम विभिन्न जिल्लामा जाने गर्छन् ।

प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीका सचिवालयको खर्चमा लुम्बिनीमा झण्डै वर्षमा १० करोड रूपैयाँसम्म खर्च हुने गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले संघले जस्तै प्रदेशले पनि कुनै एउटा निर्णयमा पुग्नुपर्ने अवस्था रहेको बताए ।

‘म त प्रदेशलाई चुस्त बनाउनुपर्छ भनेर आएदेखि लागिरहेको छु,’ प्रमुख सचिव अधिकारीले भने, ‘प्रदेशले पनि खर्च कटौतीका लागि एउटा समिति बनाएर कसरी जाँदा ठीक होला भन्ने विषयमा छलफल अगाडि बढेको छ ।

दशैँअगाडि नै केही न केही निर्णय आउँछ ।’ प्रदेश सरकारले एक वर्षअघि पूर्वविशिष्ट पदाधिकारीलाई दिँदै आएको सेवा–सुविधा खारेज गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री आचार्यको पहलमा र मन्त्रिपरिषदको निर्णयबाट प्रदेशका पूर्वविशिष्ट पदाधिकारीले पाउँदै आएको सेवा–सुविधा खारेज गर्ने निर्णयपछि पूर्वसभामुख पूर्णबहादुर घर्ती र पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सेवा–सुविधाअन्तर्गत प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गरेका थिए ।

त्यसअघि २०७९ साल भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वविशिष्ट पदाधिकारीका लागि सेवा–सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

पूर्वविशिष्ट पदाधिकारीले गाडी, इन्धन, मर्मत, चालक र पीएसओको सुविधा लिँदै आएका थिए ।

अधिवक्ता तथा पारदर्शी सरोकार समूह रूपन्देहीका पूर्व अध्यक्ष महेन्द्रप्रसाद पाण्डेले संघले खर्च कटौती गर्न गरेको परिपत्र प्रदेश तहमा पनि कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

‘अर्थको परिपत्र आमनागरिकले स्वीकारेको अथवा खोजेअनुसारको आएको छ,’ उनी भन्छन्, ‘यहाँ कानूनका केही अप्ठ्यारा देखाउन खोजिएला, तर नागरिकको चाहनाबमोजिम हुने निर्णय कार्यान्वयन हुनुपर्छ ।

विज्ञ नभएका विज्ञ नामधारीलाई तलब खुवाएर राख्न आवश्यक छैन ।’

शासकहरू संघीयताको मर्म र मितव्ययिता अनुसार नचल्दा अहिले नागरिक प्रदेश संरचना आवश्यक छैन भन्ने तहमा आइपुगेको उनको भनाइ छ ।

Page Views: 179
संबन्धित शिर्षकहरु
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama