Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लखनउविरुद्ध हैदराबादको कीर्तिमानी जीत, बलियो बन्यो प्लेअफ सम्भावना

- shuvadmin / बिहिबार, बैशाख २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, भारतमा जारी इण्डियन प्रिमियर लिग ( आइपीएल ) क्रिकेटमा सनराइजर्स हैदराबादले १६६ रनको लक्ष्य ९.४ ओभरमै पूरा गर्दै इतिहास रचेको छ ।

बुधबार राति भएको खेलमा हैदराबादले लखनऊ सुपर जायन्ट्सले दिएको १६६ रनको लक्ष्य ९.४ ओभरमा पूरा गर्दै इतिहास रचेको हो ।

आइपीएल इतिहासमा उक्त स्कोरको लक्ष्य पहिलोपटक ९.४ ओभरमै पूरा भएको हो । यस खेलमा हैदराबाद १० विकेटले विजयी भयो ।

जितसँगै हैदराबाद १२ खेलबाट १४ अंक बनाएर तालिकाको तेस्रो स्थनमा उक्लिएको छ । रन रेटमा पनि सुधार गरेको हैदराबाद प्लेअफमा पुग्ने सम्भावना पनि बलियो बनेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनायो ।

उसका लागि निकोलस पूरन र आयुष बडोनीको उत्कृष्ट साझेदारी गरे । उनीहरूबीच पाँचौं विकेटका लागि ५२ बलमा अविजित ९९ रनको साझेदारी बन्यो ।

जसमध्ये आयुष बडोनीले ९ चौका प्रहार गर्दै ५५ रन तथा पूरनले २६ बलमा ६ चौका र एक छक्कासहित अविजित ४८ रन जोडे ।

यस्तै, कृणाल पाण्ड्याले २४ र कप्तान केएल राहुलले २९ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमारले दुई र प्याट कमिन्सले एक विकेट लिए ।

लखनउले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा ट्रभिस हेड र अभिषेक शर्माले आक्रामक पारी खेले ।

पावरप्लेको ६ ओभरमा दुवै ब्याटरले १०७ रन बनाए । उसका लागि ट्रभिसले ३० बलमा ८ छक्का र ८ चौकासहित अविजित ८९ रन बनाए ।

यस्तै, अभिषेकले २८ बलमा आठ चौका र ६ छक्कासहित नटआउट ७५ रन बनाए । यो हारपछि लखनउ अंक तालिकाको छैटौँ स्थानमा झरेको छ ।

आइपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन् । यी दुई टिमबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ ।

Page Views: 112
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama