Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, जेठ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अलपत्र यात्रुलाई गन्तव्यमा लैजान इलाममा निःशुल्क यातायात

- shuvadmin / मङ्गलबार, असोज २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

फिक्कल, चाडबाडकोे समयामा गएको बाढी पहिरोका कारण अलपत्र परेका यात्रुलाई गन्तव्यमा लैजान इलाममा निःशुल्क यातायत सेवा सञ्चालन गरिएको छ ।

इलामको सूर्योदय नगरपालिकाले हिजोदेखि इलामको माईखोलादेखि फिक्कलसम्म अलपत्र यात्रु ओर्सानका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

नगरले करफोक विद्या मन्दिर माध्यमिक विद्यालयको बस निःशुल्क सञ्चालन गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए ।

सूर्योदयले निःशुल्क बस सेवा सञ्चालन थालेसँगै जिल्ला प्रशासन कार्यालय इलाममा विपत् व्यवस्थापन समितिको बैठकले अन्य स्थानमा पनि निःशुल्क यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।

जसअनुसार इलाम नगरपालिकाले इलाम बजारदेखि माईखोला ९राजदुवाली० माथिसम्म निःशुल्क यातायत सेवा सञ्चालन गरेको छ ।

यस्तै, पूर्वेली यातायात सेवाले इलाम माईखोला मार्गमा अस्थायी रूपमा निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ ।

सडक सहज रुपमा सञ्चालन नहुन्जेल निःशुल्क यातायात सेवा सञ्चालन गरिने पूर्वेली यातायात सेवाले जानकारी दिएको छ ।

यस्तै इलामका समाजसेवी रतन अग्रवालले समेत निःशुल्क रुपमा यात्रु ओर्सानका लागि एउटा सवारी उपलब्ध गराउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयले प्याब्सन लगायतलाई यातायातका साधन उपलब्ध गराउन अनुरोध गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी सुनीता नेपालले पर्यटक र यात्रुलाई गन्तव्यसम्म लैजानका लागि निःशुल्क यातायात सञ्चालन गरिएको जानकारी दिए ।

इलामको जोरकलशदेखि माईखोलासम्म यातायात सञ्चालन भइरहेको छ । माईखोला माथिपट्टि मेची राजमार्ग पहिरोले बगाएको छ ।

पहिरोसँगै सडकमा लेदो बगिरहेका कारण पुसमा पूर्ण सुधार आएपछि मात्र मर्मत गर्न सकिने इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जानकारी दिए ।

माईखोलासम्म पुगेका यात्रु १५ मिनेट हिंडेर अर्को सवारीमा इलाम पुग्न सक्ने उनले जानकारी दिए ।

इलामदेखि नेपालटारसम्मको सडक सफा गर्ने र पहिरो पन्छाउने काम भइरहेको छ ।

आज साँझसम्ममा उक्त सडक सञ्चालन गरी पाँचथरसम्म यातायात सञ्चालन गरिने सहायक प्रजिअ गुरागाईले जानकारी दिए ।

यसैबीच इलाममा अलपत्र परेका यात्रु र पर्यटकलाई होटल व्यवसायी सङ्घ इलामले निःशुल्क खाने बस्ने व्यवस्था गर्ने भएको छ ।

सङ्घका अध्यक्ष देवी पौडेलले बेखर्ची, विपन्न र अस्पताल आएकाहरुका लागि सङ्घले निःशुल्क बसोबासको व्यवस्था गरिने जानकारी दिए ।

Page Views: 47
संबन्धित शिर्षकहरु
आज सातै प्रदेशमा पानी पर्ने
जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama