Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लगातार २ दिनको गिरावटपछि बल्ल बढ्यो बजार

- shuvadmin / बिहिबार, असोज २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, दशैँ विदापछि लगातार दुई दिन घटेको बजार पहिलोपटक हरियो बनेको छ।

हप्तामा तीन दिन कारोबार खुलेको बजारमा मंगलबार ४५ र बुधबार ५८ अंकले घटेको नेप्से बिहीबार बढेको हो।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहक कर्जाको २५ करोडको सीमा हटाएपछि सूचक २२.५९ अंकले हरियो बनेको हो।

यद्यपि नेप्से २६ सय विन्दूमुनि नै छ। कारोबार खुलेको तेस्रो मिनेटमै ४ प्रतिशत बढेपछि २० मिनेट ‘हाल्ट’ भएको कारोबारले त्यसपछि निरन्तरता पाएको थियो।

यद्यपि त्यसपछि भने सूचक सुस्ताएको थियो। आज नेप्से दोहोरो अंकले बढेर २५८२.१८ विन्दूमा रोकिएको छ।

यद्यपि कारोबार रकममा अपेक्षाकृत सुधार भने छैन। बिहीबार २ सयवटा सेयरको मूल्य बढेको छ भने ४१ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

यस दिन कुल १ करोड १८ लाख कित्ता बिक्रीबाट ५ अर्ब २७ करोडको कारोबार भएको छ।

बिहीबार विन्ध्यवासिनी हाइड्रो, एसियन हाइड्रोपावर, एमबीएल इक्विटी फन्डलगायतको अधिकतम ८.२१ प्रतिशतसम्मले सेयर मूल्य बढेको छ।

तर, थ्रिस्टार हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्टलगायतको भने अधिकतम ९.०९ प्रतिशतसम्मले मूल्य घटेको छ।

आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ। कम्पनीको २७ करोडको कारोबार भएको हो।

Page Views: 134
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य उकालाे लाग्याे
आज पनि सुनचाँदीको मूल्यमा गिरावट
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama