Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै महोत्तरीको बर्दिबासमा पीडित परिवार र स्थानीयले गरे यातायात बन्द

- shuvadmin / आइतबार, असोज २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बर्दिवास, दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै महोत्तरीको बर्दिबासमा पीडित परिवार र स्थानीयले आज यातायात बन्द गरेका छन्।

यही असोज १७ गते बर्दिबास-११ खयरमारामा ना.६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा एकजना पैदल यात्रुसहित २ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए।

दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै पीडित पक्षले आइतबार बिहान राजमार्गमा पर्ने बर्दिबास ३ गौरीडाँडामा सडक अवरुद्ध गरेका हुन्।

दुर्घटनापछि गम्भीर घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको थियो।

काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर इन्टरनेसनल हस्पिटल र पाटन अस्पतालमा उपचाररत घाइतेले यातायात ब्यबसायी संघ र बस संचालकले आवश्यक समन्वय नगर्दा बिरामीले औषधिसमेत नपाएको पीडित पक्षको गुनासो छ।

यसैबीच बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले खयरमारा बस दुर्घटनाका घाइतेको उपचारको पहल गर्न आफू आज काठमाडौँ जान लागेको बताएका छन्।

असोज १७ गते दसैँ मनाएर काठमाडौँ फर्किरहेका यात्रु चढेको बस बर्दिवास नगरपालिका–११ खयरमारामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी शैलेन्द्र भट्टका अनुसार दुर्घटनामा एकजना पैदल यात्रुसहित २ जनाको मृत्यु भएको हो।

भित्री सडकमा भएको बस दुर्घटनामा पैदलयात्री महोत्तरीको बर्दिबास नगरपालिका–१० का ७३ वर्षीय चुल्हाई चौधरी र बसकै यात्रु सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ का १० वर्षीय प्रवीण खड्काको मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका ३४ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

खयरमाराबाट काठमाडौँतर्फ जाँदै गरेको बस खयरमारास्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोकिएर दुर्घटना भएको थियो।

Page Views: 66
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama