Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बेंगलुरुको प्लेअफ सम्भावना जीवितै, पञ्जाब किंग्स बाहिरियो

- shuvadmin / शुक्रबार, बैशाख २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, रोयल च्यालेन्जर्स बेंगलुरुले भारतमा जारी इण्डियन प्रिमियर लिग ( आइपिएल ) मा प्लेअफ सम्भावना जीवितै राखेको छ ।

गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सलाई ६० रनले हराएपछि बेंगलुरुले प्लेअफ सम्भावना जीवितै राखेको हो ।

यो हारपछि पञ्जाबको प्लेअफ यात्रा भने सकिएको छ । आफ्नो १२औँ खेलमा बेंगलुरुले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा १ सय ८० रनमै अलआउट भयो ।

उसका लागि रिली रुसोले २७ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । यस्तै, शशांक सिंहले ३७, जोनी बेयरस्टोले २७ र कप्तान साम करनले २२ रन जोडे ।

बेंगलुरुका लागि मोहम्मद सिराजले तीन, स्वप्निल सिंह, लकी फर्गुसन र कर्ण शर्माले दुई/दुई विकेट लिए ।

त्यसअघि धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४१ रन बनायो ।

उसका लागि विराट कोहली र रजित पाटिदारले उत्कृष्ट पारी खेले ।

४७ बलको सामना गरेका कोहलीले सात चौका र ६ छक्कासहित सर्वाधिक ९२ तथा पाटिदारले २३ बलमा ६ छक्का र तीन चौकाको मद्दतमा ५५ रनको पारी खेलेका हुन् ।

यस्तै, क्यामरुन ग्रीनले ४६, दिनेश कार्तिकले १८ र विल ज्याक्सले १२ रनको योगदान दिए ।

पञ्जाबका लागि हर्षल पटेलले तीन, विद्वत कावेरप्पाले दुई, साम करन र अर्शदीप सिंहले एकरएक विकेट लिए ।

यो जितपछि बेंगलुरुले १२ खेलबाट १० अंक जोडेको छ । ऊ अहिले तालिकाको सातौं स्थानमा छ ।

१४ अंकका साथ प्लेअफमा पुग्ने हो भने बेंगलुरुले बाँकी दुई खेलमा जीत निकाल्नुका साथै हैदराबाद, चेन्नई, दिल्ली र लखनउको हारको कामना पनि गर्नुपर्नेछ ।

Page Views: 74
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama