Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने

- shuvadmin / मङ्गलबार, असोज २८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम, मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मङ्गलबार मधेश प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

मधेश प्रदेशसभा जनकपुरधामद्वारा जारी पत्रानुसार संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४०) बमोजिम सोमबार विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको हो ।

मुख्यमन्त्री सिंहले गत शुक्रबार प्रदेशसभा सचिवालयलाई विश्वासको मतका लागि व्यवस्था मिलाई दिन पत्राचार गरेपछि प्रदेश सभाले गत शनिबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक मङ्गलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयको सूचनामा प्रकाशित गरेको छ ।

यसअघि मुख्यमन्त्री सिंहको सरकारकारमा नेकपा एमाले, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी आवद्ध थियो ।

तर, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री सिंहले फेसबुकमार्फत राजिनामा दिएपछि उनी आवद्ध पार्टी जनमतले पदबाट राजीनामा दिएर फिर्ता बोलाउँदा पनि नगएपछि क्रमः एमाले, कांग्रेस र आइतबार लोसपाले पनि मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

यता कांग्रेसले मुख्यमन्त्रीकै पार्टीले उनलाई साथ नदिएपछि आफूहरुले पनि समर्थन फिर्ता लिएको जनाएका थिए ।

एमालेले मुख्यमन्त्री सिंहलाई राजीनामा दिन आग्रह गर्दा पनि नमानेपछि गतसाता बुधाबार मुख्यमन्त्रीलाई दिएको समर्थन एमालेले फिर्ता लिएको थियो ।

सोही दिन मुख्यमन्त्री सिंह आवद्ध जनमत, कांग्रेस र एमालेले संयुक्त रुपमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गरेको थियो ।

मधेश प्रदेशसभामा सहभागी दश दलका १०७ जना प्रदेश सभासदस्यहरु रहेका छन् ।

एमालेको २५, कांग्रेसको २२, जनता समाजवादी पार्टी नेपालको १९, जनमतको १३, लोसपा र नेकपा एकिृत समाजवादी पार्टीको नौरनौ जना रहेका छन् भने नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मिुक्ति र राष्ट्रि प्रजातन्त्र पार्टीका एकरएक जना रहेका छन् ।

Page Views: 87
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama