Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नारायणगढ-मुग्लिन सडकमा दुर्घटना, एकसाथ सात सवारीसाधन आपसमा ठोकिए

- shuvadmin / शनिबार, कार्तिक ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा आज (शनिबार) बिहान सातवटा सवारीसाधन आपसमा ठोकिएका छन्।

प्रहरीका अनुसार बिहान करिब ७ बजे एकैपटक सातवटा गाडी एकअर्कासँग ठक्कर खाएका हुन्।

प्रत्यक्षदर्शीका अनुसार एक ट्रकले अचानक ब्रेक लगाउँदा पछाडिबाट आइरहेका अन्य सवारीसाधन एकपछि अर्को ठोकिँदा शृंखलाबद्ध दुर्घटना भएको हो।

ठोकिएका सवारीसाधनमा ट्रक, बस, माइक्रोबस र केही निजी कार छन्।

दुर्घटनालगत्तै मुग्लिनस्थित इलाका प्रहरी कार्यालयको टोली पुगेर उद्धार शुरु गरेको प्रहरीले जनाएको छ।

केही यात्रु सामान्य रूपमा घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

तर, विस्तृत र एकिन जानकारी प्राप्त हुन बाँकी रहेको र बुझ्ने क्रम चलिरहेको प्रहरीले बताएको छ।

घाइतेहरूको उद्धार जारी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Page Views: 63
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama