Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकारले उचित वातावरण बनाए कांग्रेस चुनावमा जान्छः कार्यवाहक सभापति खड्का

- shuvadmin / मङ्गलबार, कार्तिक ०५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सुर्खेत, नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन्।

सुर्खेत कांग्रेसका पूर्वसभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि सभामा उनले चुनावका लागि बन्नुपर्ने सबै वातावरण बने पार्टी चुनावमा जान तयार रहेको बताएका हुन्।

हालसम्म सरकारले चुनाव गराउने भरपर्दो कामहरू भने नगरेको खड्काको भनाइ थियो।

सरकारले चुनाव गराउने हो भने पवित्र उद्देश्यसहित ‘जेनजी’ ले गरेको प्रदर्शनमा घुसपैठ गरेर लुटिएका हतियारहरू फिर्ता, प्रहरी र सुरक्षा निकायको मनोबल बढाउनुपर्नेमा जोड दिँदै उनले चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिई आममतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने सुझाव दिए।

उनले सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रही तरिकाले लाञ्छना लगाउने, भ्रम सृजना गर्ने र अन्योललाई बढाउने काममा लागेको आरोप लगाए।

उनको भने, ‘हामी कुनै पनि खालको कानूनी प्रक्रियाबाट हुने छानबिन अनुसन्धानहरूमा खुल्ला छौँ ।

तर, सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट भ्रम सिर्जना गर्ने, अनेक लाञ्छना लगाउनेलगायतका कार्यहरू भइरहेका छन्। यसतर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

कावा सभापति खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनाव, पार्टीको अधिवेशन, वर्तमान परिस्थितिबारे उपयुक्त निर्णय गर्ने उल्लेख गरे।

Page Views: 97
संबन्धित शिर्षकहरु
सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama